काठमाडौँमा डेङ्गु फैलनसक्ने
बुधबार, २९ साउन २०७६, ०६ : ४६
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले काठमाडौँ उपत्यका डेङ्गुको उच्च जोखिममा रहेको जनाएको छ ।
डब्लूएचओ विशेषज्ञहरूको टोलीले नमुना सङ्कलन गरी गरेको अध्ययनपछि यो जानकारी आएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डब्लूएचओ टोलीलाई आमन्त्रण गरी अध्ययन गरेको थियो ।
रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेककुमार लालले डब्लूएचओ टोलीको अध्ययनले उपत्यकामा डेङ्गु फैलनसक्ने निष्कर्ष निकालेको भन्दै सचेतना अपनाउन सुझाव दिएको बताए ।
डब्लूएचओ टोलीले गरेको नमुना सङ्कलनमा काठमाडौँ उपत्यकामा डेङ्गु सार्ने लामखुटे प्रशस्त मात्रामा भेटिएको पाइएको थियो । प्रमुख लालले थपे, “काठमाडौँ वरिपरिका जिल्लाहरूमा पनि डेङ्गु देखिसकेको छ । ” गत वर्ष पनि काठमाडौँमा डेङ्गु सङ्क्रमित देखिएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी गोलीकाण्ड : रास्वपा सांसद थापाद्वारा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
-
५० नाघेपछि श्रीमान् छोड्ने एसियाली महिलाहरूको बढ्दो लहर : के हो ‘ग्रे डिभोर्स’ ?
-
बारामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा १५ वर्षीय किशोरको मृत्यु
-
डा. गोविन्द केसीसँगको वार्ता किन सहमतिमा पुग्न सकेन ?
-
साउनको दोस्रो सोमबार डोलेश्वर महादेवमा श्रद्धालुको घुइँचो (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण