सिद्धार्थ बैंकको सात वर्षे ऋणपत्र भदौ ५ देखि बिक्री खुला, ब्याजदर १०.२५ प्रतिशत
काठमाडौं–सिद्धार्थ बैंकको २ लाख ५० हजार कित्ता ऋणपत्र बिक्रि भदौ ५ गते देखि खुला हुने भएको छ । बैंकले १०.२५ प्रतिशत ब्याजदरमा सो ऋणपत्र बिक्रीगर्न लागेको हो । ऋणपत्र प्रतिकित्ता हजार रुपैयाँ तोकिएको छ ।
न्युनतम २५ कित्ता र अधिकत्तम १० लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम समय भदौ ९ गतेसम्म हो । सात बर्षे अवधिको २ अर्ब ५० करोड बराबरको प्रति डिबेन्चर एक हजार अंकित मूल्यका २ लाख ५० हजार कित्तामध्ये १५ लाख कित्ता डिबेन्चरको रकम परिपत्र विधिबाट र १० लाख कित्ता ऋणपूँजी रकम सर्वसाधारण नेपालीका लागि खुला गरिएको बिक्रि प्रबन्धक एमएमबी क्यापिटलले जनाएको छ । बैंकले सेवा विस्तार गर्नेक्रममा लगानी बढाउँन एवम् वित्तिय तथा आर्थिक गतिवधिलाई विस्तार गर्नका लागि र कम्पनीको पुँजीकोष बृद्धिका लागि ऋणपत्र जारी गर्न लागेको जनाएको छ ।
यस ऋणपत्रलाई इक्रा नेपालले न्युन कर्जा जोखिम जनाउँने इक्रा एलए माइनस रेटिङ दिएको छ । यस्ता कर्जाहरु न्युन जोखिम भएको मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण