किन भयो प्रधानमन्त्री ओली र माधव नेपालबीच वालुवाटारमा चर्काचर्की ?
काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच फेरि विवाद भएको छ ।
मङ्गलबार वालुवाटारमा पूर्व एमालेका शीर्ष नेताहरुको अनौपचारिक बैठक बसेको थियो । बैठकको एजेण्डा थियो, आफ्नो भागमा परेका विभाग र जनवर्गीय संगठनको इन्चार्जमा सहमति जुटाउने । तर, जनवर्गीय संगठनको इन्चार्ज अर्थात् व्यक्तिबारे छलफल चल्दै गर्दा अध्यक्ष ओली र नेता नेपालबीचमा विवाद भयो । सोही बिषयलाई लिएर केहीबेर बैठकमा चर्काचर्कीनै भयो । दुई नेता चर्काचर्की गर्दा अन्य नेता भने मौन बसेका थिए ।
बैठकमा सहभागि एक नेता भन्छन्, ‘पूर्व एमालेको भागमा परेका विभाग, जनवर्गीय संगठनको इन्चार्जबारे छलफल गर्न प्रधानमन्त्रीले वालुवाटार बोलाउनु भएको थियो । त्यही क्रममा जनवर्गीय संगठनको इन्चार्जलाई लिएर दुई कमरेडबीचमा कुरा मिलेन । केहीबेर चर्काचर्कीनै भयो र छलफल निष्कर्षविहीन बन्यो ।’
बैठक निष्कर्षविहीन बनेपछि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अब कसरी जाने भनेर छलफल गर्ने उनी निकट केही नेताहरुलाई बताएका थिए ।
प्रधानमन्त्रीको सोही निर्णय अनुसार बुधबार अध्यक्षद्वयबीचमा वालुवाटारमा छलफल भएको थियो । छलफल पछि बुधबार बस्ने भनेको सचिवालय बैठक बिहिबारका लागि सारिएको छ । यसैगरी आज नै(बुधबार) पूर्व एमालेका नेताहरुबीचमा फेरी छलफल हुने भएको छ ।
नेकपामा ३३ विभाग (नीति प्रतिष्ठान सहित) छन् । यस्तै २२ जनवर्गीय संगठनको इन्चार्ज पनि तोकिने छन् । जनवर्गीय संगठनका इन्चार्जमा पूर्व एमाले र पूर्व माओवादीबीच भागबन्डा भएको छ ।
यस्तै पूर्व एमालेको भागमा १८ (नीति प्रतिष्ठान सहित) र पूर्व माओवादीको भागमा १४ विभागको नेतृत्व गर्ने सहमति यसअघिनै भैसकेको छ ।
तर, स्कूल विभाग कस्को भागमा भन्नेबारे विवाद कायमै छ । १८ विभागको नेतृत्वबारे पूर्व एमालेका नेताबीचमा यसअघिनै करिव करिव सहमति भैसकेको छ ।
यस्तै नेकपामा स्कूल विभागबारे पनि विवाद कायमै छ । स्कूल विभाग कसले लिने भन्नेबारेमा अध्यक्षद्वयबीचमा समेत विवाद भएको छ । प्रधानमन्त्री ओली स्कूल विभाग नेता पोखरेललाई दिने अडानमा छन् भने प्रचण्ड नारायणकाजी श्रेष्ठको हकमा कुरा मिल्न नसके अध्यक्षद्वय मातहतमा राख्नुपर्ने अडानमा छन् ।
स्कूल विभागको जिम्मेवारी नेता पोखरेललाई दिने वा नदिने भन्नेबारे पूर्व एमालेका नेताहरुबीचमै पनि विवाद छ । वरिष्ठ नेताद्वय नेपाल, झलनाथ खनाल स्कूल विभाग नेता पोखरेललाई दिन नहुने पक्षमा छन् । तर, प्रधानमन्त्री ओली, महासचिव विष्णु पौडेल नेता पोखरेललाई विभागको प्रमुख दिनुपर्ने अडानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

