माधवलाई हटाएर झलनाथलाई ‘एक नम्बर’ बनाउने प्रस्ताव !
शुक्रबार, ३१ साउन २०७६, १७ : ५४
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाललाई वरिष्ठको मर्यादाक्रममा एक नम्बरबाट हटाउने तयारी अध्यक्षद्वयले गरेका छन् ।
स्रोतका अनुसार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समझदारी अनुसार वरिष्ठको पहिलो नम्बरमा नेता नेपाललाई हटाएर नेता झलनाथ खनाललाई ल्याउने तयारी भएको छ ।
अध्यक्षद्वयले यो प्रस्ताव शुक्रबार बसेको सचिवालय बैठकमा राखेका थिए । तर, त्यहाँ सहमति भने जुट्न सकेन ।
यो प्रस्तावसँगै नेता नेपाल असन्तुष्ट बनेका छन् ।
यसो त, नेता नेपाललाई वरिष्ठ बनाएकोमा नेता खनालले सार्वजनिक रुपमै आफ्नो असन्तुष्टि राख्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण