श्रम मन्त्रालयको निर्देशन : बैङ्क खाताबाट श्रमिकको पारिश्रमिक, नत्र कारवाही
शनिबार, ३२ साउन २०७६, ०६ : ५१
सरकारले श्रम कानुनबमोजिम श्रमिकहरुको मासिक तलब सुविधा बैङ्कमार्फत भुक्तानी गर्न मुलुकभरका सबै उद्योग र प्रतिष्ठानहरुलाई निर्देशन दिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबार सूचना जारी गरी श्रम कानुन अनुसार तोकिएको न्यूनतम पारिश्रमिक श्रमिकहरुलाई बैङ्कमार्फत उपलब्ध गराउन उद्योग र प्रतिष्ठानहरुलाई सचेत गराएको हो ।
सूचनामा श्रम ऐन, २०७४ र श्रम नियमावली २०७५ ले तोके अनुसार न्यूनतम पारिश्रमिक र अन्य सेवा सुविधा इमानदारीका साथ उपलब्ध गराउन आग्रह गरिएको छ ।
सूचनामा मन्त्रालयले श्रम कानुनले निर्दिष्ट गरेको न्यूनतम पारिश्रमिकलगायतका सेवा सुविधा श्रमिकहरुलाई उपलब्ध नगराउने उद्योग र प्रतिष्ठानमाथि कारवाही गर्ने चेतावनी समेत दिएको छ ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।
आजको कान्तिपुर दैनिकमा मातृका दाहालले समाचार लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण