सप्तरीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, ४ घाइते
शनिबार, ३२ साउन २०७६, १२ : ०३
बुटवल । आज विहान रुपन्देहीको तित्तलोतमा नगरपालिकाबाट हिँडेको गाडी सप्तरी जिल्लामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।
सप्तरी जिल्लाका प्रहरी प्रमुख एसपी मनोजकुमार यादवका अनुसार तिलोत्तमा नगरपालिकाको बा १६ च २२३५ नम्वरको पिकअप बलेरो जीप सप्तरीको कन्चनपुर नगरपालिका वडा नम्वर ११ बक्साहचोकमा दुर्घटना हुँदा पत्रकार डायल्सन अधिकारीको मृत्यु भएको छ । यस्तै चालक अशोक भण्डारीको अबस्था गम्भीर रहेको छ ।
दुर्घटनामा वडाध्यक्षद्वय सोहन चौधरी, तामानाथा पाण्डे र व्यापार संघका अध्यक्ष जेपी कँडेल पनि घाइते भएका छन् ।
उनीहरुलाई उपचारका लागि विराटनगर पठाईएको यसपी यादवले बताए । दुर्घटनामा परेकाहरु मोरङ्गमा हुन गइरहेको लगानी सम्मेलनमा जाँदै थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण