सप्तरीको दुर्घटनामा परेका चारै जनालाई काठमाडौँ पठाइयो
बुटवल । आज विहान सप्तरीमा भएको सडक दुर्घनामा परी घाइते भएका चारै जनालाई काठमाडौं पठाइएको छ । मृत्यु भएका रुपन्देहीका पत्रकार डायल्सन अधिकारीको शव भने पोष्टमार्टमा लागि रुपन्देही पठाइएको छ ।
गम्भीर घाइते चारै जनालाई विराटनगर ल्याइएकोमा केहीवेर अघि हेलिकप्टर मार्फत काठमाडौ पठाईएको मोरङ्गका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए ।
रुपन्देही तिलोत्तमा नगरपालिकाको बा १६ च २२३५ नम्वरको पिकअप बलेरो जीप सप्तरीको कन्चनपुर नगरपालिका वडा नम्वर ११ बक्साहचोकमा दुर्घटना हुँदा पत्रकार अधिकारीको मृत्यु भएको थियो ।
सप्तरी जिल्लाका प्रहरी प्रमुख एसपी मनोजकुमार यादवका अनुसार त्यसका चालक अशोक भण्डारीको अबस्था गम्भीर रहेको छ । तिलोत्तमका वडाध्यक्षहरु सोहन चौधरी , तामानाथा पाण्डे र ब्यापार संघका अध्यक्ष अध्यक्ष जेपी कँडेल घाइते भएका छन् ।
मोरङ्गमा हुन गइरहेको लगानी सम्मेलनमा सम्मेलनमा सहभागी हुन उनीहरु त्यसतर्फ जाँदै थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण