प्रहरीसँग ‘लाइन मिलाउन’ गएका तीन व्यापारी पक्राउ
काठमाडौं । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने ३ जनालाई पक्राउ गरेको छ । भारतबाट कपडा तथा विभिन्न सामान ल्याउन ‘लाइन मिलाइदिन’ अनुरोध गर्दै गएका व्यापारी पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा प्रसौनी गाउँपालिकाका शम्भप्रसाद साह, वडा नम्बर ६ का मुरारी कुशवाह र कलैया उपमहानगरपालिका–१६ का छोटेलाल पटेल रहेका छन् ।
बाराको विश्रामपुर गाउँपालिका–१ स्थित छतवा प्रहरी चौकीबाट खटिएको टोलीलाई पैसाको प्रलोभन देखाउँदै ओसारपसारमा ‘लाइन मिलाइदिन’ भन्ने तीन व्यापारीलाई शनिबार पैसासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सानुराम भट्टराईले बताए ।
प्रहरीलाई मासिक रुपमा २६ हजार दिन्छौं भन्दै आर्थिक प्रलोभनमा पार्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको एसपी भट्टराईले भने, ‘प्रहरीलाई अपशब्द समेत बोले ।’
पक्राउ परेकामाथि आवश्यक कारबाही तथा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण