दाङ्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ को मृत्यु
शनिबार, ३२ साउन २०७६, १८ : १५
बुटवल । दाङ्गमा ट्रकको ठक्करबाट शनिवार दिउँसो दुई जनाको ज्यान गएको छ ।
लमही नगरपालिका–९ , रिहारस्थित पुर्व–पश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको रा१प ११३१ नम्वरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको ना३च ३४०३ नम्बरको ट्रकले ठक्कर दिँदा २ जनाको उपचारका क्रममा ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी विनोदविक्रम शाहले दिएको जानकारी अनुसार घोराही उपमहानगरपालिका–५ धर्ना बस्ने ४२ वर्षीय विनोद बस्नेत र नेपालगञ्ज उपमहानगरपालिका–४ कारकादोका ४५ वर्षीय रमेश बस्नेतको ज्यान गएको हो ।
उनीहरुको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डीएसपी शाहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण