मणि शाहको स्मृतिमा फुटसल
काठमाडौं- नेपाली फुटबलका ख्याती प्राप्त खेलाडी मणिविक्रम शाहको स्मृतिमा नेपाल खेलाडी तथा प्रशिक्षक संघ प्रदेश ३ कमिटीले फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आयोजकले आइतबार पत्रकार सम्मेलन गरी मणिविक्रम शाह स्मृति अन्तरविद्यालय फुटसल प्रतियोगिता भदौ २३ देखि २९ गतेसम्म आयोजना गर्ने जानकारी गरायो । प्रतियोगितामा ३२ टिमको सहभागिता अपेक्षा गरिएको प्रतियोगिता संयोजक राजेश महर्जनले जानकारी दिए । होम एन्ड अवेका आधारमा हुने प्रतियोगिताको विजेताले २५ हजार तथा उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार पाउने नेपाल खेलाडी तथा प्रशिक्षक संघका केन्द्रीय अध्यक्ष महेश महर्जनले जानकारी दिए ।
नेपाली म्याराडोना नामले परिचत मणिको एकबर्ष अघि ५१ बर्षको उमेरमा निधन भएको थियो । स्वर्गीय मणिले नेपाली फुटबलमा पुर्याएको योगदानको सम्मान स्वरुप फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको पनि आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० वर्ष उमेर पूरा भइसकेका विद्यालय कर्मचारीहरूलाई नहटाउन आग्रह
-
नेदरल्यान्ड्सविरुद्ध मोरक्को : मैदानको भिडन्तभन्दा पर आप्रवासन र पहिचानको कथा
-
मकवानपुरका सीडीओले भनेः चिकित्सकको पर्चाबिना औषधि नबेच्नू
-
कलाकारहरूले मनाए धान दिवस
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण