मणि शाहको स्मृतिमा फुटसल
काठमाडौं- नेपाली फुटबलका ख्याती प्राप्त खेलाडी मणिविक्रम शाहको स्मृतिमा नेपाल खेलाडी तथा प्रशिक्षक संघ प्रदेश ३ कमिटीले फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आयोजकले आइतबार पत्रकार सम्मेलन गरी मणिविक्रम शाह स्मृति अन्तरविद्यालय फुटसल प्रतियोगिता भदौ २३ देखि २९ गतेसम्म आयोजना गर्ने जानकारी गरायो । प्रतियोगितामा ३२ टिमको सहभागिता अपेक्षा गरिएको प्रतियोगिता संयोजक राजेश महर्जनले जानकारी दिए । होम एन्ड अवेका आधारमा हुने प्रतियोगिताको विजेताले २५ हजार तथा उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार पाउने नेपाल खेलाडी तथा प्रशिक्षक संघका केन्द्रीय अध्यक्ष महेश महर्जनले जानकारी दिए ।
नेपाली म्याराडोना नामले परिचत मणिको एकबर्ष अघि ५१ बर्षको उमेरमा निधन भएको थियो । स्वर्गीय मणिले नेपाली फुटबलमा पुर्याएको योगदानको सम्मान स्वरुप फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको पनि आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक गोलचक्करले संसद् बन्धक : मुठभेडतर्फ सत्तापक्ष र प्रतिपक्ष
-
गुल्मीमा बस दुर्घटना, सहचालकको मृत्यु
-
१० बजे, १० समाचार
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
जन्म दर्ता र नागरिकतासम्बन्धी कानुनलाई समयसापेक्ष बनाउन पहल गर्छु : सभापति खतिवडा
-
वैद्य निकट विद्यार्थी सङ्गठनले जलायो गृहमन्त्रीको पुतला