पीएसजीलाई पहिलो खेलमै धक्का
साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वानको पहिलो खेलमै अप्रत्यासित हार खेपेको छ । आइतबार राति भएको खेलमा पीएसजी रेनेससँग २–१ गेलले पराजित भयो । खेलमा सुरुवाती अग्रता लिएपनि पीएसजी अन्तमा हार खेप्न बाध्य बनेको थियो ।
रेनेसको घरेलु मैदानमा खेलिएको खेलमा पीएसजीले ३६औं मिनेटमा पहिलो गोल गरेको थियो । पीएसजीका एडिन्सन काभानीले गोल गरे । त्यसपछि रेनेसका एमबाए नियाङले ४३औं मिनेटमा बराबरी गोल फर्काए । रोमेन डेल क्यास्टिलोले ४८औं मिनेटमा गोल गर्दै रेनेसलाई अगाडी बढाए । त्यसपछि दुवै टोलीबाट थग गोल नहुँदा रेनेस विजयी भयो । दोस्रो हाफको सुरुमै गोल गरेपछि रक्षात्मक देखिएको रेनेस आफ्नो रणनितिमा सफल भएको थियो ।
पीएसजीले केलियन एमबाप्पे, एन्जल डि मारिया र काभानी जस्ता स्टार खेलाडीलाई उतारेपनि दोस्रो हाफमा गोल फर्काउन सकेन । पीएसजीले यस खेलमा अर्का स्टार नेइमारलाई भने खेलाएको थिएन । नेइमार पीएसजी छाडेर स्पेनिस क्लब रियल म्याड्रिड वा बार्सिलोना जाने हल्ला चलाईए पनि उनको योजना सफल हुन सकेको छैन । नेइमार अहिले पीएसजीकै अभ्यासमा फर्किएका छन् । पीएसजीसँग नेइमारको सम्झौता अझै तीन बर्ष बाँकी रहेकोले उनी पीएसजीमै रहने समेत बताईएको छ ।
जितसँगै रेनेसले तीन अंक बनाएको छ । पीएसजीले भने हारबाट सिजनको सुरुवात गरेको छ । फ्रेन्च लिग अन्तर्गत आइतबार राति भएको अन्य खेलमा सेन्ट इटिन्ने र ब्रेस्टले १–१ तथा रेम्स र स्टार्सबर्गले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण