पीएसजीलाई पहिलो खेलमै धक्का

साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वानको पहिलो खेलमै अप्रत्यासित हार खेपेको छ । आइतबार राति भएको खेलमा पीएसजी रेनेससँग २–१ गेलले पराजित भयो । खेलमा सुरुवाती अग्रता लिएपनि पीएसजी अन्तमा हार खेप्न बाध्य बनेको थियो ।
रेनेसको घरेलु मैदानमा खेलिएको खेलमा पीएसजीले ३६औं मिनेटमा पहिलो गोल गरेको थियो । पीएसजीका एडिन्सन काभानीले गोल गरे । त्यसपछि रेनेसका एमबाए नियाङले ४३औं मिनेटमा बराबरी गोल फर्काए । रोमेन डेल क्यास्टिलोले ४८औं मिनेटमा गोल गर्दै रेनेसलाई अगाडी बढाए । त्यसपछि दुवै टोलीबाट थग गोल नहुँदा रेनेस विजयी भयो । दोस्रो हाफको सुरुमै गोल गरेपछि रक्षात्मक देखिएको रेनेस आफ्नो रणनितिमा सफल भएको थियो ।
पीएसजीले केलियन एमबाप्पे, एन्जल डि मारिया र काभानी जस्ता स्टार खेलाडीलाई उतारेपनि दोस्रो हाफमा गोल फर्काउन सकेन । पीएसजीले यस खेलमा अर्का स्टार नेइमारलाई भने खेलाएको थिएन । नेइमार पीएसजी छाडेर स्पेनिस क्लब रियल म्याड्रिड वा बार्सिलोना जाने हल्ला चलाईए पनि उनको योजना सफल हुन सकेको छैन । नेइमार अहिले पीएसजीकै अभ्यासमा फर्किएका छन् । पीएसजीसँग नेइमारको सम्झौता अझै तीन बर्ष बाँकी रहेकोले उनी पीएसजीमै रहने समेत बताईएको छ ।
जितसँगै रेनेसले तीन अंक बनाएको छ । पीएसजीले भने हारबाट सिजनको सुरुवात गरेको छ । फ्रेन्च लिग अन्तर्गत आइतबार राति भएको अन्य खेलमा सेन्ट इटिन्ने र ब्रेस्टले १–१ तथा रेम्स र स्टार्सबर्गले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकारले मानव अधिकार उलङ्घन गरिरहेको छ’
-
सर्च कमिटीले ३० जनाको लियो अन्तर्वार्ता, बैठक बसेर थप निर्णय गरिने
-
प्रवासी नेपालीहरूलाई सावधानी अपनाउन नेपाली समाज भारतको आग्रह
-
बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
-
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड
-
शनिबारदेखि वीरेन्द्रनगरमा ‘कर्णाली छोरी सम्मेलन’, प्रदेशका दुई सय छोरीहरू सहभागी हुँदै