के प्रधानमन्त्री ओलीको उपचार नेपालमा सम्भव नभएको हो ?
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली फेरि स्वास्थ्य उपचारको लागि भदौ ५ गते सिँगापुर जाने तयारीमा छन् । प्रधानमन्त्री ओली थाई एयरबाट बिहीबार दिउँसो साढे १ बजे सिंगापुर जाने कार्यक्रम तय भएको छ । ओलीको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराउने बताइएको छ ।
सिंगापुरबाट फर्केपछि प्रधानमन्त्री ओली आफैंले ‘मेरो स्वास्थ्य ठिक छ’ भन्ने प्रतिक्रिया बाहेक स्वास्थ्यको बारेमा अहिलेसम्म कुनै पनि जानकारी आएको छैन ।
साउन १८ गते उपचारको लागि गएका प्रधानमन्त्री साउन २७ गते फर्केका थिए । फेरि उपचारको लागि जाने भन्ने कुरा आएपछि आज प्रतिनिधसभाको बैठकमा सांसदले के प्रधानमन्त्रीको उपचार नेपालमा सम्भव नभएको हो भन्ने प्रश्न गरेका थिए ।
आजको प्रतिनिधसभाको बैठकमा प्रश्नोत्तरका क्रममा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई सांसद प्रेम सुवालले प्रधानमन्त्रीको उपचार गर्ने क्षमता नेपाली अस्पतालसँग नभएको हो भन्ने प्रश्न गरेपछि जवाफमा उपप्रधानमन्त्री यादवले नेपालमा धेरै रोगको उपचार सम्भव भएपनि डाक्टरको सल्लाह अनुसारनै प्रधानमन्त्रीलाई उपचारको लागि सिंगापुर सिफारिस गरेको बताए ।
प्रधानमन्त्री ओलीको ०६४ साल साउन १५ गते किड्नी ट्रान्सप्लान्ट गरेको थियो । प्रधानमन्त्रीलाई बुहारी अञ्जनाले किड्नी दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण