एसीसी यू–१९ एसिया कप क्रिकेट : नेपालको पहिलो खेल श्रीलंकासँग
बुधबार, ०४ भदौ २०७६, १५ : ०६
काठमाडौं–एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ ।
एसिया कप क्रिकेट भदौ १९ देखि २८ गते सम्म श्रीलंकामा आयोजना हुँदैछ । एसीसीले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेल भदौं २० गते श्रीलंकासँग खेल्ने तय भएको हो ।
नेपालको समूहमा आयोजक श्रीलंका, बंगलादेश र युएई रहेका छन् । नेपालले समूह चरणको दोस्रो खेल भदौ २२ गते बंगलादेश र अर्को खेल युईसँग भदौ २४ गते खेल्नेछ । राउन्ड रोविन लिगपछि दुई समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् । नेपाल अघिल्लो संस्करणमा सेमिफाइनलमा पुगेको थियो । यसअघिको संस्करणमा नेपालले भारतलाई हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण अफ्रिकाविरुद्ध चेकियालाई छैटौँ मिनेटमै अग्रता
-
स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु
-
गण्डकी प्रदेशसभा : बजेटमाथि छलफल सुरु
-
एनआरएनएको बजेट घोषणा, संरक्षक परिषद्मा ५ जना नियुक्त (पूर्णपाठ)
-
आप्रवासीहरूको नागरिकता खोस्ने अभियान तीव्र बनाउँदैछ ट्रम्प प्रशासन
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण