सहकारी ग्रामिण क्षेत्रसम्म पुग्नुपर्छ: मन्त्री अर्याल
काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले साना किसान कृषि सहकारी संस्था गाउँ– गाउँका किसानको घरदैलोमा पुग्नुपर्ने बताएकी छिन् ।
नेपाल साना किसान कृषि सहकारी संघ केन्द्रीय आयोजना गरेको नेपाल सहकारी विकास साझेदारी कार्यक्रम नेपालमा सहकारीको आगामी पुस्ताको लागि ढाँचाको तयारी सम्बन्धि कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।
साना किसान ग्रामीण क्षेत्रसम्म पुग्न सफल भएको भन्दै मन्त्री अर्यालले भनिन्, ‘तपाईहरु गाउँसम्म पुग्नुभएको छ । अझ निम्नस्तरसम्म पुग्नेगरी तपाइहरू अगाडी बढ्नुस् ।’
सहकारी माथिमाथि ठूलाका हातमा भए र तिनीहरूले फाइदा लिए भन्ने गुनासो रहेको भन्दै मन्त्री अर्यालले अब सहकारी संस्थाहरू राष्ट्रिय आम्दानीमा योगदान दिनेगरी अगाडि बढ्नुपर्ने बताइन् । आम मान्छेको जीवन बदल्नेगरी सहकारीले योगदान दिनुपर्ने उनको भनाइ थियो ।
उनले भनिन्, ‘राष्ट्रिय आम्दानीमा ठूलो योगदान दिनेगरी अगाडी बढ्नुस । मानिसको जीवन बदल्ने अभियानको अभियन्ता सहकारी हो भन्ने कुरा व्यवहारबाट पुष्टि गर्नेगरी अगाडी बढ्नुस् ।’ अब परम्परागत खेती प्रणाली फेरेर मुलुक प्रगतिको दिशामा अगाडी बढ्नुपर्ने भन्दै उनले जमिन बाँझो राखेर समृद्ध हुन नसकिने बताए ।
‘भूमि साधन पनि हो स्रोत पनि हो । पूँजिको महत्वपूर्ण स्रोत नेपालको सन्दर्भमा भूमि हो । अब भूमिको व्यवस्थापन उपयोगका आधारमा गर्नुपर्छु, मन्त्री अर्यालले भनिन्, ‘अबको भूमिको प्रयोग यसरी गर्नुपर्छ भनेर राज्यले कानुन बनाएर नीजि सम्पत्तिको सदुपयोग उचित ढंगले गर्नुपर्छ । उपयोगका आधारमा भूमिको व्यवस्थापन गर्नुपर्छ ।’
भूमि व्यवस्थापन उपयोगका आधारमा हुने भन्दै उनले ब्यवसायिक बन्नका निम्ती ऐन, कानुनले पनि प्रबन्ध गरेको बताए । अब उत्पादनमूलक कार्यलाई जोड दिएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
भएको जमिनको प्रयोगबाट कति परिवारका कति सदस्यलाई रोजगारी दिन सकिन्छ। त्यो योजनाका साथ हामी अगाडी बढौुं, मन्त्री अर्यालले भनिन्, ‘बजारले के खोज्छ र माटोमा के उत्पादन उपयुक्त हुन्छ त्यसका आधारमा हामी व्यवसायिकरणमा जानुपर्छ ।’
पछिल्लो समय नेपालले तरकारीमा प्रगति गरिरहेको बताउदै मन्त्री अर्यालले फलफूलको सन्दर्भमा भने नेपाली बजार भारतीय फलफूलले ढाकेको अवस्था रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण