सार्वजनिक सम्पत्ति सुरक्षाको विषय गम्भीर र चुनौतिपुर्ण : कार्यवहाक प्रधानमन्त्री
काठमाडौँ । कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति सुरक्षाको विषय गम्भीर र चुनौतिपुर्ण बन्दै गएको बताएका छन् ।
काठमाडौँ महानगरपालिका वडा नम्बर ४ मा प्रदेशसरकारद्धारा निर्माण गरिएको पार्कको उद्घाटन गर्दे उनले सार्वजनिक सम्पत्तिको सुरक्षा नै मुख्य चुनौतिको विषय बनेको बताएका हुन् ।
उनले मुलुकभर नै सार्वजनिक सम्पत्ति हडप्ने प्रवृत्ति देखिएको र त्यो प्रवृत्ति पार्टी भित्रै पनि देखिएको संकेत गरे । उनले सार्वजनिक जग्गा उपभोग गर्न खोज्ने व्यक्तिको नाम भने उल्लेख गरेनन् ।
उनले भने, अहिले एउटा हाम्रो अगाडि चुनौति छ । सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने ? हामीहरु भित्रै समस्या छन् । म तपाईहरुलाई तोकेर भन्न चाहन्न । हामी भित्रै समस्या छन् । सार्वजनिक सम्पत्ति व्यक्तिले लिन पाए, कब्जा गर्न पाए, उपभोग गर्न पाए, मजा मान्ने चिन्तन र प्रवृत्तिहरु छन् । यो गलत चिज हो । यसको विरुद्ध जुध्नुपर्छ । सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सबैको कर्तव्य हो ।’
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भुकम्पले क्षतिग्रस्त बनेका सम्पदाहरुको पुननिर्माणको कामले गति लिएको भन्दै सहयोग र सहकार्यमा सहभागी हुन नगरबासीलाई आग्रह गरे ।
धरहरा पुननिर्माणको काम संघीय सरकारद्धारा पुननिर्माण प्राधिकरणले अघि बढाईसकेको तथा रानी पोखरी र काष्टमण्डप पुननिर्माणको काम पनि धमाधम भईरहेको भन्दै पुननिर्माणको काममा अवरोध पुर्याउने काम कहि कतैबाट गर्न नहुने तर्फ सचेत गराए ।
विगतमा विभिन्न वहानामा हुने गरेका विरोधले पुननिर्माणका काममा समस्या भएको गुनासो पनि उनले गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण