इङ्ल्यान्डको रोमाञ्चक जित
एजेन्सी- एसेज सिरिज क्रिकेट अन्तर्गत तेस्रो टेस्ट इङ्ल्यान्डले जितेको छ । आइतबारको रोमाञ्चक तेस्रो टेस्टमा इङ्ल्यान्डले अष्ट्रेलियालाई एक विकेटले हरायो । लिड्समा अष्ट्रेलियाले दिएको तीन सय ५९ रनको विजय लक्ष्य इङ्ल्यान्डले १२५.४ ओभरमा नौ विकेटको क्षतिमा पूरा गरेको थियो ।
इङ्ल्यान्डको जितमा बेन स्टोकले शतकीय पारी खेले । उनले अविजित एक सय ३५ रन बनाए । कप्तान जोय रुटले ७७, जोय डेनलीले ५०, जोनी बैरस्ट्रवले ३६ र जोफ्रा आर्चरले १५ रन बनाए । अस्ट्रेलियाका जोस ह्जेलवुडले चार विकेट लिए । नाथन लियोनले दुई तथा पाट कमिन्स र जेम्स पाटिन्सनले एक एक विकट लिएका थिए ।
यसअघि अस्ट्रेलिया पहिलो इनिङमा एक सय ७९ र दोस्रो इनिङमा दुई सय ४६ रन बनाएर आउट भएको थियो । इङल्यान्ड पहिलो इनिङमा केबल ६७ रनमा अलआउट भएको थियो । यस जितसँगै टेस्ट क्रिकेटमा इङल्यान्डले चौथो इनिङमा सर्वाधिक तीन सय ६२ रनको किर्तिमान समेत बनाएको छ ।
बेन स्टोकले चौथो इनिङमा बनाएको एक सय ३५ रन एसेज सिरिजको इतिहासमा अहिले सम्मकै सर्वाधिक रन हो । यससँगै इङल्यान्डले पाँच खेलको सिरिजमा १–१ को बराबरी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण अफ्रिकाविरुद्ध चेकियालाई छैटौँ मिनेटमै अग्रता
-
स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु
-
गण्डकी प्रदेशसभा : बजेटमाथि छलफल सुरु
-
एनआरएनएको बजेट घोषणा, संरक्षक परिषद्मा ५ जना नियुक्त (पूर्णपाठ)
-
आप्रवासीहरूको नागरिकता खोस्ने अभियान तीव्र बनाउँदैछ ट्रम्प प्रशासन
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण