‘पासवर्ड’को ट्रेलरमा पनि सन्नीको आइटम
काठमाडौं – बलिउड अभिनेत्री सन्नी लियोनीको आइटम नृत्य रहेको फिल्म हो ‘पासवर्ड’ । २७ भदौ रिलिज मिति तोकिएको फिल्मले अहिले ट्रेलर सार्वजनिक गरेको छ । फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा प्रचार प्रसारलाई तिब्रता दिन निर्माण युनिटले ट्रेलर ल्याएको हो ।
नेपालबाट चोरिएर लण्डन पुर्याइएको एक मुर्तीको कथामा फिल्म बनेको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ । सम्राट बस्नेतको निर्देशन रहेको फिल्मको ट्रेलरमा सन्नीको आइटमले पनि प्रथामिकता पाएको छ ।
निर्माण युनिटका अनुसार उनी फिल्मको प्रिमियरका लागि नेपाल आउँदै छिन् । एक्सन–लभस्टोेरी फिल्मको अघिकांश छायांकन यूकेमा भएको हो ।
अनुप विक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारहरुको फिल्ममा अभिनय छ । एबी इन्टरनेशनलको व्यानरमा निर्मित फिल्ममा अर्जुन पोखरेलको संगीत छ । निर्देशक बस्नेत स्वयंको फिल्ममा द्वन्द्व पनि छ ।
अमरजीत सिंहको छायांकन र सौरभ लामाको डिओपी रहेको ‘पासवर्ड’को पटकथा निर्देशक बस्नेत र महेश दवाडीले लेखेका हुन् । भने, कथा सिमा गुरुङको हो । अंकित गौतमको कार्यकारी निर्माता रहेको फिल्ममा अमित बस्नेत र हिराल जोशी निर्मातामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण