आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बर्दियामा भरुवा बन्दुकसहित १ जना पक्राउ

सोमबार, ०९ भदौ २०७६, १५ : ४१
सोमबार, ०९ भदौ २०७६

बर्दिया– बर्दिया जिल्लामा प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

आइतबार बिहान ११ बजे इलाका प्रहरी कार्यालय मोतिपुर बर्दिया र अस्थायी प्रहरी पोष्ट लक्ष्मणाबाट खटिएको प्रहरी टोलीले बाँसगढी नगरपालिका–९ माछागढ बस्ने ३२ वर्षीय धनबहादुर रानामगरलाई उनकै घरबाट एक नाल भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

पक्राउ परेका रानामगरमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप