गाँजासहित दुई महिला पक्राउ
सोमबार, ०९ भदौ २०७६, १८ : ५८
पाल्पा – जिल्लाको तिनाउ गाउँपालिकाको दोभानमा गाँजासहित दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिनाउ–६ का २३ वर्षीया सीता बुचा र सोही स्थानका ४० वर्षीया विमला राना रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए।
जिल्ला प्रहरी कार्यालयका अनुसार बुचाबाट ५५० ग्राम र रानाबाट ३५० ग्राम गाँजा नियन्त्रणमा लिएको हो ।
सिद्धार्थ राजमार्गमा पाल्पादेखि बुटवलतर्फ जाँदै गरेको लु १ ख ५५४७ नम्बरको बस रोकी जाँच गर्दा उक्त गाडीमा यात्रा गर्ने दुई महिलाका बोरामा गाँजा भेटिएको प्रहरीले जनाएको छ ।
दोभान प्रहरी चौकीका प्रनानि बालबहादुर घर्ती नेतृत्वको टोलीले महिलालाई नियन्त्रण लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण