गाँजासहित दुई महिला पक्राउ
सोमबार, ०९ भदौ २०७६, १८ : ५८

पाल्पा – जिल्लाको तिनाउ गाउँपालिकाको दोभानमा गाँजासहित दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिनाउ–६ का २३ वर्षीया सीता बुचा र सोही स्थानका ४० वर्षीया विमला राना रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए।
जिल्ला प्रहरी कार्यालयका अनुसार बुचाबाट ५५० ग्राम र रानाबाट ३५० ग्राम गाँजा नियन्त्रणमा लिएको हो ।
सिद्धार्थ राजमार्गमा पाल्पादेखि बुटवलतर्फ जाँदै गरेको लु १ ख ५५४७ नम्बरको बस रोकी जाँच गर्दा उक्त गाडीमा यात्रा गर्ने दुई महिलाका बोरामा गाँजा भेटिएको प्रहरीले जनाएको छ ।
दोभान प्रहरी चौकीका प्रनानि बालबहादुर घर्ती नेतृत्वको टोलीले महिलालाई नियन्त्रण लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिवको धम्कीबाट नडराउन सरकारलाई पाण्डेको सुझाव
-
राप्रपाले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गर्यो
-
बाढीको जोखिम रहेको उपत्यकाका नदीको अनुगमनमा मन्त्री
-
माओवादीले संघीय निजामती विधेयकबारे संसद्मा कुरा उठायो
-
भोटेकोसी र सुनकोसी किनार क्षेत्रमा उच्च सुरक्षा सतर्कता
-
प्रतिनिधिसभामा बैठकमा रास्वपा र राप्रपाको विरोध