पर्खालभित्रको लुम्बिनी र बाहिरको लुम्बिनीबीच समायोजन आवश्यक : अध्यक्ष तिमिल्सिना
लुम्बिनी – राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अन्र्तराष्ट्रिय पर्यटकीयस्थल लम्बिनीमा विद्यमान पर्खालभित्रको लुम्बिनी र पर्खाल बाहिरको लुम्बिनीबीच समायोजन हुनु आवश्यक रहेको बताएका छन् ।
लुम्बिनी साँस्कृतिक नगरपालिकाद्वारा आयोजित पर्यटन प्रर्बद्धन, कृषि,स्वास्थ्य र शिक्षा बिषयक अन्र्तक्रिया सामारोहमा उनले सो कुरा बताएका हुन ।
अध्यक्ष तिमिल्सिनाले भने, ‘लुम्बिनी विकास कोषको पर्खालभित्रको लुम्बिनी हेर्दा विश्वकै झ–झल्को देखिन्छ भने पर्खाल बाहिरको लुम्बिनी सुख्खा, सुनसान गरीबी आर्थिक पछौटेपन अविकसित देखिएको छ ।’
उनले पर्यटनमुखी नीति बनाई पर्यटन प्रर्बद्धन मार्फत पर्खालभित्र र पर्खाल बाहिरको लुम्बिनीबीच देखिएको विभेदलाई अन्त्य गरी लुम्बिनीको सर्बाङ्गीण विकासका लागि सरोकारवालासँग आग्रह समेत गरे ।
लुम्बिनीमा बाहिरबाट आएका पर्यटक दिन भरिमै फर्किने समस्यालाई अन्त्य गरी पर्यटन प्रबद्र्धन मार्फत देशको समबद्धि अभियानको ढोका लुम्बिनीबाटै खोल्नु पर्ने उनले जिकिर गरे ।
कार्यक्रममा एनआरएनका केन्द्रीय सल्लाहकार एकराज गिरीले पर्खाल बाहिरको लुम्बिनीलाई बिश्व सँग जोडन बौद्धपरिपथको बिकास सँगै लुम्बिनी क्षेत्रको कृषि , स्वास्थ्य,शिक्षा , पर्यटन लगायत समस्त बिकासका लागि लुम्बिनी साँस्कृतिक नगरपालिका सँग स्पेनको मेड्रिट महानगरपालिका एनआरएन र बुद्ध लुम्बिनी फाउण्डेनबीच समझौता भई कार्यन्वयनका चरणमा पुगेको जानकारी गराए ।
समारोहमा लुम्बिनी साास्कृतिक नगरप्रमुख मनमोहन चौधरीले पर्खाल बाहिरको लुम्बिनीलाई पर्खालभित्रको लुम्बिनीको हाराहारीमा पुरयाउन लुम्बिनी नगरपालिकाको आयोजनामा केही महिना भित्रै पहिलो अन्र्तराष्ट्रिय मेयर सम्मेलन समेत हुन लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण