आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पर्खालभित्रको लुम्बिनी र बाहिरको लुम्बिनीबीच समायोजन आवश्यक : अध्यक्ष  तिमिल्सिना

सोमबार, ०९ भदौ २०७६, २० : ०१
सोमबार, ०९ भदौ २०७६

लुम्बिनी – राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अन्र्तराष्ट्रिय पर्यटकीयस्थल लम्बिनीमा विद्यमान पर्खालभित्रको लुम्बिनी र पर्खाल बाहिरको लुम्बिनीबीच समायोजन हुनु आवश्यक रहेको बताएका छन् । 
लुम्बिनी साँस्कृतिक नगरपालिकाद्वारा आयोजित पर्यटन प्रर्बद्धन, कृषि,स्वास्थ्य र शिक्षा बिषयक अन्र्तक्रिया सामारोहमा उनले सो कुरा बताएका हुन ।

अध्यक्ष तिमिल्सिनाले भने, ‘लुम्बिनी विकास कोषको पर्खालभित्रको लुम्बिनी हेर्दा विश्वकै झ–झल्को देखिन्छ भने पर्खाल बाहिरको लुम्बिनी सुख्खा, सुनसान गरीबी आर्थिक पछौटेपन अविकसित देखिएको छ ।’

उनले पर्यटनमुखी नीति बनाई पर्यटन प्रर्बद्धन मार्फत पर्खालभित्र र पर्खाल बाहिरको लुम्बिनीबीच देखिएको विभेदलाई अन्त्य गरी लुम्बिनीको सर्बाङ्गीण विकासका लागि सरोकारवालासँग आग्रह समेत गरे ।
लुम्बिनीमा बाहिरबाट आएका पर्यटक दिन भरिमै  फर्किने समस्यालाई अन्त्य गरी पर्यटन प्रबद्र्धन मार्फत देशको समबद्धि अभियानको ढोका लुम्बिनीबाटै खोल्नु पर्ने उनले जिकिर गरे । 

कार्यक्रममा एनआरएनका केन्द्रीय सल्लाहकार एकराज गिरीले पर्खाल बाहिरको लुम्बिनीलाई बिश्व सँग जोडन बौद्धपरिपथको बिकास सँगै लुम्बिनी क्षेत्रको कृषि , स्वास्थ्य,शिक्षा , पर्यटन लगायत समस्त बिकासका लागि लुम्बिनी साँस्कृतिक नगरपालिका सँग स्पेनको मेड्रिट महानगरपालिका  एनआरएन र बुद्ध लुम्बिनी फाउण्डेनबीच समझौता भई कार्यन्वयनका चरणमा पुगेको जानकारी गराए । 


समारोहमा लुम्बिनी साास्कृतिक नगरप्रमुख मनमोहन चौधरीले पर्खाल बाहिरको लुम्बिनीलाई पर्खालभित्रको लुम्बिनीको हाराहारीमा पुरयाउन लुम्बिनी नगरपालिकाको आयोजनामा केही महिना भित्रै पहिलो अन्र्तराष्ट्रिय मेयर सम्मेलन समेत हुन लागेको बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप