रानाघाट रेलवे स्टेशनमा भेटिएकी रानू मोन्डललाई ७ लाख अफर
बुधबार, ११ भदौ २०७६, ०८ : ५१
पश्चिम बंगालको रानाघाट रेलवे स्टेशनमा भेटिएकी रानू मोन्डललाई फिल्ममा गीत गाउने अवसर मिलेको छ । जम्याटोको डेलिभरी ब्वाइले खिचेको भिडियोको कारण चर्चित बनेकी रानूको जीवन उक्त भिडियोले बदलिदिएको छ ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको उनको भिडियोमा सुनिएको उनको जादूमय स्वरले धेरैको ध्यान तानेको थियो ।
उनको स्वर सुनेरै हिमेशको फिल्म ‘ह्याप्पी हार्डी एन्ड हीर’ मा ‘तेरी मेरी कहानी’ बोलको गीत गाउने अवसर दिइएको छ ।
रिपोर्टका अनुसार रानूलाई गीत गाएवापत ६ देखि ७ लाख भारतीय रुपियाँ अफर गरिएको छ । सुरुमा पैसा नदिने बताइएको थियो तर अहिले हिमेश उनलाई पैसा दिने निर्णयमा पुगेका छन् ।
रानूका थुप्रै भिडियोहरु सामाजिक सञ्जालहरुमा भाइरल भएको छ ।
यसैबीच, हिमेश रेशमियाले उनलाई बलिउडकै राम्रो गायिका बन्न कसैले रोक्न नसक्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण