भारतका दुईमध्ये एक प्रहरीलाई लाग्छ – मुसलमान आपराधिक प्रवृत्तिका हुन्छन्
नयाँ दिल्ली । भारतका ४८ प्रतिशत प्रहरीलाई मुसलमान आपराधिक प्रवृत्तिका हुन्छन् भन्ने लाग्दछ । यसमध्ये १४ प्रतिशत प्रहरी उनीहरुले अपराध गर्ने सम्भावना धेरै रहेको ठान्छन् भने ३४ प्रतिशत यो प्रवृत्ति उनीहरुमा अधिक रहेको मान्दछन् ।
दोस्रो तर्फ ५६ प्रतिशत प्रहरीमा उच्च जातीका हिन्दूले अपराधकर्म गर्दैनन् भन्ने मान्यता रहेको छ ।
मंगलबार जारी गरिएको लोकनीति र कमन कजको रिपोर्टमा यो तथ्याङ्क उल्लेख गरिएको छ ।
१२ हजार प्रहरीमा १२ महिना लगाएर यो सर्वेक्षणमा देशका प्रहरीले औसत दैनिक १४ घण्टा काम गर्ने देखिएको छ । त्यस्तै, ८० प्रतिशत प्रहरीले ८ घण्टाभन्दा बढी ड्युटी गर्ने गरेका छन् ।
यसको अर्थ हरेक २ मध्ये एक प्रहरीले ओभरटाइम गर्ने गरेका छन् भने हरेक दुईमध्ये एक प्रहरीले साप्ताहिक विदा पाउँदैनन् ।
त्यस्तै सर्वेक्षणमा प्रहरीका ५ मध्ये ३ परिवारका सदस्यलाई उनीहरुलाई दिइएको बासस्थान ‘घटिया’ रहेको लाग्दछ ।
यसैगरी हरेक चारमध्ये तीन प्रहरीलाई उनीहरुले काम गर्ने अवधिले शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक असर गरिरहेको लाग्दछ ।
सर्वेक्षणमा प्रहरी कार्यालयको दयनीय स्थितिको चित्र पनि बाहिर आएको छ । १२ प्रतिशत प्रहरी कार्यालयमा पिउने पानी छैन भने १८ प्रतिशत प्रहरी कार्यालयमा शौचालय छैन ।
३६ प्रतिशत प्रहरीका अनुसार आपत्तकालिन अवस्थामा कुनै स्थानमा जानु परे सवारी पनि नपाउने उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
-
नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री
-
अभाव हटे पनि निगम किन बेच्दैन भरी सिलिन्डर ?
-
बागमती प्रदेशलाई सङ्घ सरकारको १५ अर्ब २१ करोड अनुदान
-
अत्यधिक बिदा स्वीकृत गरेपछि सल्यान र जाजरकोटका गुल्मपति फिर्ता बाेलाइए
-
कांग्रेस सदस्यता अभियान : ७ लाख ८२ हजारमध्ये ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण