काठमाडौं–निजगढ द्रुतमार्गको लागत १ खर्ब ७५ अर्ब
काठमाडौं । काठमाडौं–निजगढ द्रुतमार्गको लागत १ खर्ब ७५ अर्ब हुने भएको छ । नेपाली सेनाले बुधबार पत्रकार सम्मेलन गर्दै द्रुतमार्गको लागत १ खर्ब ७५ अर्ब लाग्ने जानकारी दिएको हो ।
एसियाली विकास बैंक (एडीबी)को सम्भाव्यता अध्ययन र प्रारम्भिक डिजाइन अनुसार मूल्य अभिवृद्धि करसहित १ खर्ब ७५ अर्ब लागत अनुमान गरिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजना प्रमुख शरदलाल श्रेष्ठले जानकारी दिएका हुन् ।
७२.५ किलोमिटरको द्रुतमार्ग निर्माणका लागि करबाहेक १ खर्ब ५५ अर्ब लाग्नेछ ।
यस्तै द्रुतमार्गको प्रस्थानबिन्दु खोकना नै रहेको सेनाले जनाएको छ । डिपिआर अनुसार खोकना क्षेत्र र महादेवटार–लेनडाँडा गरी दुई ठाउँमा रेखाङ्कन परिवर्तन गरेको श्रेष्ठले बताए ।
७२.५ किलोमिटर लामो सडकको प्रस्थानबिन्दु खोकना हुनेछ भने अन्तिम विन्दु निजगढ रहनेछ । यसअघि द्रुतमार्गको लम्बाइ ७६.२ किमि प्रस्ताव गरिएको थियो ।
सडक ४ लेनको हुने नेपाली सेनाले जनाएको छ । पहाडी क्षेत्रमा सडकको चौडाइ २५ मिटर र समथर क्षेत्रमा २७ मिटर रहने छ ।
नेपाली सेनाका अनुसार हालको तुलनामा यात्रा समय छोटिने र इन्धन खपत र ढुवानी खर्च समेत उल्लेख मात्रामा घट्ने छ ।
द्रुतमार्ग निर्माणको क्रममा १ लाख ५१ हजार रुख काट्नुपर्ने अनुमान गरिएको छ । दु्रतमार्गको सम्पूर्ण कामको ८५ प्रतिशत काम सम्पन्न भएको समेत सेनाले बताएको छ ।
सडकको मार्गाधिकार भित्रै खानेपानी, अप्टिकल फाइबर, पेट्रोलियम पाईप लाइन, विद्युत प्रसारण लाईनजस्ता अन्य पूर्वाधार विकासको जडान गरिने नेपाली सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण