साग क्रिकेटको प्रारम्भिक टोली घोषणा
काठमाडौं–आगामी डिसेम्बर १ देखि १० तारिखसम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली प्रारम्भिक क्रिकेट टोलीको घोषणा गरिएको छ ।
नेपाली टोलीका प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले बिहिबार ३५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेका हुन् ।
नेपाली टोलीले भदौ १५ गतेदेखि तयारी सुरु गर्नेछ । प्रशिक्षक पटवाल सिंगापुरमा गतमहिना सम्पन्न टी–२० विश्वकप एसियाली छनोट खेलपछि भारत गएका थिए । नेपाल विश्वकप छनोटबाट बाहिरिएको थियो । पटवाल नेपाल आएपछि टोलीको प्रशिक्षण पनि सुरु हुने बताईएको छ ।
नेपालले सागसँगै ओमानमा अक्टोबर ५ देखि १० तारिखसम्म आयोजना हुने टी–२० सिरिज खेल्नेछ । उक्त सिरिजमा ओमानसहित नेपाल, हंङकङ, आयरल्यान्ड र नेदरल्यान्ड्सको सहभागिता रहनेछ । साग अघि हुने उक्त सिरिजले नेपाललाई फाइदा पुग्ने विश्वास गरिएको छ । प्रारम्भिक टोलीमा केही युवा खेलाडीले पनि स्थान बनाएका छन् ।
नेपालको प्रारम्भिक टोली पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, राजु रिजाल, जितेन्द्र मुखिया, प्रदिप ऐरी, सुनिल धमला, सौरभ खनाल, ललितसिंह भण्डारी, विक्रम सोब, इशान पाण्डे, करन केसी, आसिफ शेख, बिनोद भण्डारी, सन्दिप जोरा, कुशल मल्ल, रित गौतम, पवन सर्राफ, अमित श्रेष्ठ, किशोर महतो, आरिफ शेख, सुशन भारि, अनित शाह, अविनाश बोहरा, सन्दिप लामिछाने, ललित राजबंशी, नन्दन यादब, रोहित पौडेल, भिम शार्की, कुशल भुर्तेल, दिपेन्द्र ऐरी, सोमपाल कामी, सागर ढकाल र शाहव आलम रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण अफ्रिकाविरुद्ध चेकियालाई छैटौँ मिनेटमै अग्रता
-
स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु
-
गण्डकी प्रदेशसभा : बजेटमाथि छलफल सुरु
-
एनआरएनएको बजेट घोषणा, संरक्षक परिषद्मा ५ जना नियुक्त (पूर्णपाठ)
-
आप्रवासीहरूको नागरिकता खोस्ने अभियान तीव्र बनाउँदैछ ट्रम्प प्रशासन
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण