नेपाली विश्वकप टोलीको घोषणा
काठमाडौं–सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार अन्तिम २३ सदस्सीय खेलाडी टोलीको घोषणा गरेको हो ।
प्रशिक्षक योहान कालिनले यसअघिका नियमित कप्तान विराज मर्हजनलाई टोलीमा समावेश गरका छैनन् । विराज हाल मलेसियाको शीर्ष डिभिजन क्लबसँगको मैत्रीपूर्ण खेलमा पनि टोलीमा थिएनन् । विश्वकप अन्तर्गत एसियाली छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ ।
समूहमा नेपालसँगै एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपेई रहेका छन् । नेपालले कुवेतसँग यही भदौ १९ गते खेल्दै छनोटको सुरुवात गर्नेछ ।
नेपाली टोली
गोलरक्षक : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ
रक्षक : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल
मिडफिल्डर : रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र विशाल राई
स्ट्राईकर : विमल घर्तीमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण