पोखराबाट ‘गुञ्जन’ को छायाँकन सुरु
काठमाडौँ – द्वन्द्व निर्देशक अष्ट महर्जनको निर्देशन रहने फिल्मको छायाँकन पोखराबाट सुरु भएको छ । मंगलबार पोखराको बिन्ध्वासिनी मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको छायाँकन सुरु गरिएको निर्देशक महर्जनले बताए ।
अष्ट यसै फिलमबाट निर्देशनमा होमिएका हुन् । एक्शन लभस्टोरी जनराको ‘गुञ्जन’मा सारा श्रीपाली, सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाहीको अलवा नव अभिनेता प्रितमराज सेन्चुरी को मुख्य भूमिका रहनेछ ।
ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा हिराकृष्ण शाहीको प्रस्तुति र सुनीता शाही निर्माता रहेको फिल्मको छायाँकार राजेश श्रेष्ठ हुन् । कविराज गहतराजको कोरियोग्राफी रहने फिल्मको स्क्रिप्ट महेश दवाडीले तयार पारेका हुन् । फिल्ममा संगीत अर्जुन पोखरेल र कल्याण सिंहको रहनेछ ।
करिब दुई दशक फिल्मको द्धन्द्ध निर्देशन अनुभव भएका अष्टले आफ्नो फिल्मबाट दर्शकले भरपुर मनोरञ्जन पाउने बताए । फिल्म फागुनको तेश्रो सार्वजनिक प्रदर्शनमा आउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण