डेङ्गु नियन्त्रणमा प्रदेश सरकार हेटौंडा र चितवन केन्द्रित हुँदै, उपत्यकालाई प्रदेश या केन्द्र सरकार कसले हेर्ने ?
काठमाडौँ– साउन १ देखि भदौ ११ सम्मको तथ्याङक हेर्ने हो भने प्रदेश नं. ३ मा ५ सय ५९ जना नागरिकमा डेंगु संक्रमण देखिएको छ । प्रदेशगत रुपमा हेर्ने हो भने संक्रमणको तथ्याङ पहिलो नम्बरमा प्रदेश नं. १ र दोस्रो नं. ३ नम्बर रहेको छ । डेङ्गको संक्रमण फैलिएको लामो समय नभए पनि प्रदेश नं. ३ मा २ जनाको निधन भइसकेको छ । निधन हुनेको संख्या हेर्ने हो भने ३ नं प्रदेश पहिलो नम्बरमा पर्छ ।
धेरै नागरिकको बसोबास भएको प्रदेश हो प्रदेश नं. ३ । काठमाडौँ उपत्यका, हेटौँडा, चितवन ३ शहर यहि प्रदेशमा पर्छन । अहिले फैलिएको माहामारी नियन्त्रणमा जसरी सरकार लाग्नु पर्ने हो त्यो भने भएको पाईदैन । प्रदेश सरकार राजधानी हेटौंडा र चितवानमा रुमलिरहेको देखिन्छ ।
प्रदेश नं. ३ का स्थानीय विकास मन्त्री युवराज दूलालले रातोपाटीसँग कुरा गर्दे अहिले हेटौंडा र चितवनमा नियन्त्रणको कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन भइरहेको बताए । ‘स्थानियत निकाय विद्यालय, स्वास्थ्य क्षेत्र, सुरक्षा निकायलाई पनि डेङ्गु नियन्त्रणको लागि आग्रह गरेका छौँ । प्रदेश नं. ३ को डेङ्गु नियन्त्रणमा आईसकेको छ ।’ मन्त्री दुलालले भने ।
साथै उनले हाल लामखुट्टेले अण्डा पार्न सक्ने स्थान खाल्डाखुल्डी पुर्ने, टोलटोलमा लामखुट्टे खोज्ने र नष्ट गर्ने काम दैनिक रुपमा प्रदेशभरनै भइरहेको बताए । तर ४० लाख भन्दा धेरै नागरिकको बसोबास रहेको काठमाडौँ उपत्यकामा भने डेङ्गु नियन्त्रणका कार्यक्रम खासै सञ्चालन भएको पाइएन ।
धेरै जनसंख्या भएको काठमाडौँ उपत्यकामा डेङ्गु नियन्त्रणको लागि के काम भइरहेको छ भन्ने हाम्रो प्रश्नमा मन्त्री दुलालले काठमाडौँ बाहिरका नागरिक पनि उपचारको लागि आउने भएको हुँदा खासै समस्या नभएकोे जवाफ आयो ।
देशभरका नागरिकको काठमाडौँ उपत्यकामा आवत—जावत हुने धेरै नागरिकको बसोबास भएको उपत्यका प्रदेश सरकारको पहिलो प्राथमिकता हुनुपर्ने हो बिडम्बना हेटौडा,चितवनमा गरिएका जति डेङ्गु नियन्त्रणको कार्यक्रम सञ्चालन भएको पाइएन । जसले गर्दा यस्ता माहामारी आइपर्दा काठमाडौैँ उपत्यकालाई कस्ले हेर्ने भन्ने कुरा अझै अन्योल देखियो ।
चितवन, हेटौंडा, काठमाडौँ हुँदै सबै जिल्ला र क्षेत्रमा प्रदेश सरकारले डेङ्गु नियन्त्रणको लागि चासो दिनुपर्ने देखिन्छ । स्थानीय तह, प्रदेश र केन्द्र तिनै तहको सरकारले काठमाडौं उपत्यकामा डेङ्गु नियन्त्रणको लागि अहिलेनै सक्रिय रुपमा नियन्त्रणको कार्यक्रम सञ्चालन नगर्ने हो भने समस्याले विकाराल रुप नलेला भन्न सकिन्न् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण