कश्मीरी युवतीसँग विवाह गर्ने विहारका युवकको बेहाल
एजेन्सी– कश्मीरमा काम गरिरहेका दुई बिहारी युवाले दुई कश्मीरी युवतीसँग विवाह गरी घर ल्याएपछि उनीहरु गम्भीर समस्यामा परेका छन् । केन्द्रीय सरकारले जम्मु–कश्मीरमा संविधानको धारा ३७० खारेज गरेपछि उनीहरुले ती युवतीलाई आफ्नो घर सुपाउल ल्याएका थिए ।
कश्मीर प्रहरीले २६ वर्षीय महोमद ताब्रेज र २४ वर्षीय पर्वेजलाई बुधबार रामविशानपुर गाउँबाट पक्राउ गरेको हो । बिहारको सुपाउल जिल्लाको रङ्पुरबाट प्रहरीले ती युवतीलाई अपहरण गरेको कारण देखाउँदै पक्राउ गरेको हो । उनीहरु विरुद्ध महिलाका बुबाले अपहरणको मुद्दा दर्ता गरेका छन् ।
बुधबार बिहान ताब्रेज र पर्वेज पक्राउ गर्नुअघि बिहार प्रहरीको सहयोगमा कश्मीर प्रहरीका सब–इस्पेक्टर समीरले सुपाउल पुगेर रामविशानपुर घरबाट ती दुई युवतीलाई उठाएका थिए । त्यसपछि उनीहरु चारै जनालाई सुपाउल अदालतमा उपस्थित गराएर न्यायाधीशको उपस्थितिमा बयान लिइएको थियो । उनीहरुले आफूहरु युवा भएको र कसैसँग पनि नसोधी आफ्नो इच्छामा विवाह गरेको बताएका थिए । ती युवतीले आफूहरुलाई आफ्नो श्रीमान्सँग बस्न पाउँ भनि अनुरोध गरेका थिए । अदालतले कश्मीर प्रहरीलाई उनीहरुलाई फिर्ता गर्न भनेको थियो ।
युवकका परिवारका सदस्यअनुसार लगभग चार वर्षदेखि ती दुई युवा कश्मीरको रम्बान जिल्लाको नग्मा बनिहलमा ढुङ्गा खानीमा काम गर्दै आएका थिए । त्यसै अवधिमा कश्मीरी युवतीको प्रेममा परेको र उनीहरुबीच भेटघाट हुने गरेको थियो । उनीहरुको सम्बन्ध जम्मु–कश्मीरको विशेष अधिकार खारेज भएपछि विवाहमा परिणत भएको थियो ।
तारब्रेज अहमेदले भने, ‘संविधानको धारा ३७० खारेज हाम्राका लागि अत्यन्त राम्रो अवसर भयो । जो कसैले पनि कश्मीरी युवतीसँग विवार गरेर यही बस्न सकिन्छ भन्ने हामीले बुझ्यौँ । हामी चार जनाले हाम्रो मुश्लिम धर्मको विधिअनुसार विवाह गरेका हौं ।’
विवाहपछि दुई जोडीले कश्मीर छोडेको र गत अगष्ट १६ तारिखमा सुपाउल आइपुगेका थिए । त्यसपछि उनीहरुका युवतीका बाबाले हामी दुई भाइविरुद्ध नग्मा बनिहल प्रहरी चौकीमा अपहरणको आरोपमा उजुरी गरेको थाहा पाएका थिए । यी दुई बेहुलीले आफ्नो विबाहका बारेमा धारा ३७० खारेजी कानुनी जटिलता नल्याओस भन्ने विश्वास गरेका छन् । उनीहरुले न्यायाधीशसँग भनेका छन्,‘तीन वर्ष कुरेपछि विवाह गर्ने हाम्रो सपना पूरा भएको छ, हामी बिबाह गर्न योग्य भइसक्यौं, हामीलाई मायाँ गर्ने श्रीमानसँग हामी खुशी छौं ।’
‘अब विषय अदालतमा छ, हामी कानुनसँग बाधिएका छौं । उनीहरुलाई कश्मीर अदालत समक्ष पेश गरिनेछ र यी दुई जोडीको भाग्यको फैसला अदालतले नै गर्नेछ,’ प्रहरीले भनेको छ । Photo: REUTERS
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण