नाडा अटो शो मा म्याक लुब्रिकेन्टका तीन नयाँ उत्पादन
काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको नाडा अटो शो मा म्याक लुब्रिकेन्टले आफ्ना दुई नयाँ उत्पादन प्यासेन्जर भेकलस्का लागी र एक ग्रीज लन्च गरेको छ ।
नाडाले आयोजना गरेको अटो सो यहि भाद्र १० गते देखि १५ गते सम्म, बिहान १० बजे देखि काठमाडौंको भृकुटीमण्डपमा ६ दिन सम्म चल्नेछ । आफ्नो वर्गको अन्य कार्यक्रमहरुमध्ये सबैभन्दा उत्कृष्ट मानिएको यस अटो शोमा म्याक लुब्रिकेन्टले आफ्ना दुई नयाँ प्यासेन्जर भेइकल्सका लागी म्याक अल्फा जेनिथ ५डब्ल्यू–३० र म्याक अल्फा जेनिथ १०डब्ल्यू–३० र अर्काे म्याक रुवि ग्रीज पनी लन्च गरेको छ ।
यी नयाँ उत्पादनले अन्य उत्पादनको तुलनामा गाडीमा माइलेज बढी दिने र इन्जीनमा यस्को बहु बिशेषता रहेको म्याक लुब्रिकेन्टको दाबी छ । म्याक लुब्रिकेन्ट भारत पेट्रोलीयम कर्पाेरेटको उत्पादन मध्येको एक उत्पादन हो । यसले शोमा ग्राहक तथा दर्शकहरुबाट धेरै भन्दा धेरै सकारात्मक प्रतिक्रिया पाइरहेको म्याक लुब्रिकेन्टले जनाएको छ ।

उक्त नयाँ उत्पादनको लन्च भारत पेट्रोलीयम कर्पोरेशन(लुब्रिकेन्टका कार्यकारी निर्देशक भि। आन्नद र सिप्रदी कम्पनीका प्रमुख कार्यकारीे निर्देशक राजन बाबु श्रेष्ठले एकसाथ गरे ।
साथै कार्यक्रममा सिप्रदीका प्रमुख अपरेटिङ अधिकृत राजेश गिरी, उपाध्यक्ष सौरभराज थपलिया, भारत पेट्रोलीयम क्रपोरेसनका(लुब्रिकेन्टका क्षेत्रीय प्रबन्धक राजिव कुमार र भारत पेट्रोलियमको लागि नेपालका प्रबन्धक मुकुन्द धमलाको उपस्थिति रहेको थियो ।
विगत १७ वर्ष देखि सिप्रदी नेपालको नम्बर १ ल्युब्रिकेन्टस्–म्याक ल्युब्रिकेन्टस्को लागि एक मात्र आधिकारिक वितरक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण