युएईमा राजु र सम्झनाको धमाका, यसरी झुमे नेपाली
युएई । ‘राम्रा राम्रा केटाहरु होसियार । मलाई गार्हो भैसक्यो । भिनाजुले किन्दिएको सेतो घडी नाडीमा, तल तल सितारा रातो सारीमा...’ बोलको गीतले एकाएक कार्यक्रमको माओल तातियो । दर्शकहरु स्टेजमा नै नाच्न पुगे ।
गत शुक्रबार आबुधाबीस्थित अलऐनमा हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर मितेरी समाज युएईको संयोजन तथा अलऐनमा रहेका क्रियाशिल सामाजिक सघसंस्थाहरुको सहयोगमा तिज साँस्कृतिक धमाका–२०१९ सम्पन्न भएको छ ।
लामो समयपछि भएको उक्त कार्यक्रममा नेपालबाट चर्चित लोकदोहोरी गायक राजु ढकालको साथमा गायिका सम्झना लामिछाने मगरको प्रस्तुति रहेको थियो ।
गायिका लामिछानेले सितारा बितारा, को नाचेर थाक्ने, मायाले नबोली नबोली फसायो, मेरो माया त्यसै नि झन् राम्रो जस्ता चर्चित गित गायकी थिइन् ।
त्यस्तै गायक राजु ढकालले तातिरहेको भिडलाई झनै तताए । उनको हालै बजारमा आएको तिज गित ‘सुहायो चौपट्टै’ ले खचाखच दर्शकहरुको भिडलाई साम्य पार्न हम्मेहम्मेसमेत पर्यो । उनले ‘छाता हरायो मेरो पानी आउँदा छेक्ने छाता हरायो’ जस्ता चर्चित गीत प्रस्तुत गरेका थिए ।

दर्शकहरुको मागसँगै उनीहरुले ‘फुल फुलेर पहेल्यै भयो’ भन्ने गितमा दोहोरी गायका थिए ।
कार्यक्रममा मगर ब्रदर ग्रुपको विशेष प्रस्तुती रहेको थियो भने फ्युजन ग्रुप दुबईका कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । साथै स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहेको थियो ।
मितेरी समाज युएईका अध्यक्ष प्रदिप पुन मगरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अथिति सस्थाका संरक्षक मोहन बुढाथोकी मगर रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण