अमेरिकाको टेक्ससमा चार हप्तामै पुनः अन्धाधुन्ध गोलीबारी, कम्तीमा पाँचको मृत्यु
बीबीसी
अमेरिकाको टेक्सस राज्यमा एक बन्दुकधारीले दुई शहरमा अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तीमा पाँचजनाको मृत्यु भएको छ । पुलिसका अनुसार कम्तीमा १६ जना घाइते भएका छन् ।
ओडिसाको मेडिकल सेन्टर हस्पिटलले उपचार भइरहेका मध्ये दुई वर्ष मुनिका एक बालकसमेत बताउँदै सातजनाको स्थिती नाजुक भएको जानकारी दिएको छ ।
ओडेस शहरको पुलिसका अनुसार बन्दुकधारीले सुरुमा एक ट्राफिक पुलिसमाथि गोली चलाए जसले उनको कारलाई रोकेका थिए ।
त्यसपछि उनले एक पोस्टल ट्रक चोरे र नजिकैको एक शहर मिडल्याण्डतर्फ गए जहाँ उनले पुनः गोलीबारी गरे ।
पुलिसले बन्दुकधारीलाई एक सिनेमा कम्प्लेक्समा गोली चलाएर हत्या गरेको छ ।
पुलिसका अनुसार लगभग ३५ वर्षका एक गोरो वर्णमा व्यक्ति थिए । शनिबार दिउँसो भएको यो हमलाको उद्देश्य स्पष्ट हुन सकेको छैन ।
यो हमलाको चार हप्ता अघि पनि टेक्ससमा एक बन्दुकधारीले अल पासो शहरमा गोलीबारी गरेर २२ जनाको हत्या गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण