प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलविरुद्ध मन्त्रीले अभिव्यक्ति दिएपछि निजगढबासी आन्दोलित
जनकपुर-प्रदेश नम्बर २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले बाराको निजगढमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय विमानस्थलको विरोध गरेपछी आज बेलुका उनको पुत्ला दहन भएको छ।
आइतबार बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा रूखहरू काट्न नदिने भनेर मन्त्री रायले दिएको अभिव्यक्तिको विरोधमा निजगढको शहिदचोकमा स्थानीयवासीले पुत्ला दहन गरेका हुन् ।
पुत्ला दहन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो। विरोध कार्यक्रममा फास्ट ट्रयाक एयरपोर्ट निर्माण मूल व्यवस्थापन तथा सरोकार समितिका संयोजक रविराज दंगालले संघीय सरकारले घोषणा गरेको शिलान्यास कार्यक्रम नजिकिँदै गर्दा प्रदेश सरकारका मन्त्री रायले दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताउदै खेद प्रकट गरे।
उनले विमानस्थल बनाउन जनस्तरबाट दबाबमूलक कार्यक्रम सञ्चालन हुने भन्दै सोको लागि सबैमा आव्हान समेत गरे । कायक्रममा विमानस्थल सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले विमानस्थल बनाउने तयारी हुन थालेपछि चलखेल हुने गरेको भन्दै त्यसको विरोधमा उत्रिन स्थानीयवासीमा अपिल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण