टेबल टेनिसको प्रारम्भिक छनोट
काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि टेबल टेनिसमा २० जना प्रारम्भिक खेलाडी छनोट गरिएको छ । नेपाल टेबल टेनिस संघले आइतबार पुरुष÷महिलामा समान १०/१० गरी २० खेलाडी छनोट गरेको हो ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोट प्रतियोगिताबाट पुरुषमा नेपाल पुलिस क्लबका स्यान्टु श्रेष्ठ र विनेश खनिया, एपीएफका पुरुषोत्तम वज्राचार्य, शिवसुन्दर गोथे र सम्योग कपाली, पुलिसका प्रदीप रोका र चन्दन शाही, त्रिभुवन आर्मी क्लबका कृष्ण थापामगर, पुलिसका सुनिल महर्जन र आर्मीका मणिकुमार लामा छनोट भए ।
यसैगरी महिलामा पुलिसकी नविता श्रेष्ठ, आर्मीका स्वेच्छा नेम्वाङ, रविना महर्जन र दीक्षा तामाङ, पुलिसकी एलिना महर्जन, एपीएफकी सेलिशा खड्गी, पुलिसकी सोनु थापामगर, एपीएफकी सिक्का सुवाल, प्रदेश १ की गीता भुजेल र आर्मीकी दीक्षा दाहाल छानिए । सागमा पुरुष÷महिलामा समान ५÷५ गरी १० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण