बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टेबल टेनिसको प्रारम्भिक छनोट

आइतबार, १५ भदौ २०७६, २२ : ४७
आइतबार, १५ भदौ २०७६

काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि टेबल टेनिसमा २० जना प्रारम्भिक खेलाडी छनोट गरिएको छ । नेपाल टेबल टेनिस संघले आइतबार पुरुष÷महिलामा समान १०/१० गरी २० खेलाडी छनोट गरेको हो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोट प्रतियोगिताबाट पुरुषमा नेपाल पुलिस क्लबका स्यान्टु श्रेष्ठ र विनेश खनिया, एपीएफका पुरुषोत्तम वज्राचार्य, शिवसुन्दर गोथे र सम्योग कपाली, पुलिसका प्रदीप रोका र चन्दन शाही, त्रिभुवन आर्मी क्लबका कृष्ण थापामगर, पुलिसका सुनिल महर्जन र आर्मीका मणिकुमार लामा छनोट भए ।

यसैगरी महिलामा पुलिसकी नविता श्रेष्ठ, आर्मीका स्वेच्छा नेम्वाङ, रविना महर्जन र दीक्षा तामाङ, पुलिसकी एलिना महर्जन, एपीएफकी सेलिशा खड्गी, पुलिसकी सोनु थापामगर, एपीएफकी सिक्का सुवाल, प्रदेश १ की गीता भुजेल र आर्मीकी दीक्षा दाहाल छानिए । सागमा पुरुष÷महिलामा समान ५÷५ गरी १० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप