‘आपसी सहकार्यले नेपाल–भारत सम्बन्ध थप सुदृढ’
काठमाडौं-नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले दुई देशबीचको आपसी सहकार्यले नेपाल–भारत सम्बन्ध थप सुदृढ हुँदै गएको बताका छन् ।
भारत सरकारको सहयोगमा गोरखामा भइरहेको भूकम्पपछिको पुनःनिर्माणको अवलोकन गर्न यहाँ आएका राजदूत पुरीले भारत सरकारको सहयोगमा पुनःनिर्माण सम्पन्न भएको गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित पदेलडाँडाकी रेणु खड्काको घर निरीक्षण गरे । उनले गोरखाको पुनःनिर्माण तीव्र रुपमा अगाडि बढेकामा खुशी व्यक्त गरे । “दुई देशबीचको समन्वय र सहकार्यले पुनःनिर्माण तीव्र गतिमा भएको छ”, राजदूत पुरीले भने, “नेपालको विकासका लागि भारत सधैँ सहकार्य गर्न प्रतिबद्ध छ ।”
राजदूत पुरीले सहयोग र आपसी सहकार्यमार्फत भारत र नेपालबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिइने बताए । भारतले गोरखा र नुवाकोटमा भूकम्पले क्षति पु¥याएका ५० हजार घर पुनःनिर्माणका लागि रु छ अर्ब ९५ करोड सहयोग उपलब्ध गराएको छ । गोरखामा २६ हजार ९१२ भूकम्पपीडितलाई सहयोग गरिएको यूएनडीपीका गोरखा संयोजक राम सापकोटाले जानकारी दिए । यहाँ २३ हजार ८०० घर पुनःनिर्माण सम्पन्न भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण