बेलारुसकी यी कलाकार, जसले आफ्नै स्तनले बनाउँछिन् सुन्दर तस्बिर
एजेन्सी । नादिया म्याटिएभ्स्कायीया बेलारुसकी चित्रकार हुन् । उनले आफ्नै प्रयासले चित्रकला सिकेकी हुन् ।
अहिले उनी आफ्नो चित्रकलाको अनौठोशैलीले चर्चामा छिन् । यी युवती चित्र बनाउनको लागि उनको स्तन प्रयोग गर्छिन् ।
नदियाले कहिले पनि कुनै संस्थानमा गएर चित्रकला सिकिनन् । खासमा उनी पहिले संगीत उद्योगमा करिअर बनाउने सोच राख्थिन् । तर डेड वर्ष उनले अभियान कक्षा लिन सुरु गरिन् । त्यस क्रममा उनले आफू भित्र लुकेको एउटा प्रतिभा चिनिन् ।
नदियाका अनुसार कलाकारिता कोर्सले उनलाई आफूलाई धेरै नियन्त्रण नगर्ने र आफू भित्रको संवेदनासँग साक्षात्कार गर्न सिकायो । सँगसँगै उनले आफ्नो शरीरको प्रयोग चित्रकारितामा पनि गर्न सिकिन् ।
अध्ययनको क्रममा उनको शिक्षकले उनलाई असाइनमेन्ट स्वरुप स्तनले चित्र बनाएर त्यसलाई बेच्ने काम दिएका थिए । उनले त्यो असाइनमेन्ट पुरा गरिन् । तर त्यस यता उनले सो कामलाई पेसा नै बनाएकी छिन् ।
असाइनमेन्टको रुपमा दिइएको कामलाई नदियाले थप प्रयोग र अभ्यासमार्फत परिस्कृत बनाइन् । अहिले उनी स्तनलाई चित्र बनाउने ब्रसको रुपमा प्रयोग गर्दै सुन्दर तस्विर बनाइरहेकी छिन् ।
उनले यस अन्तर्गत बनेका चित्रलाई ‘मनै देखिका चित्रहरु’ नाम दिएकी छिन् ।
नदियाले आफ्ना सिर्जनालाई इन्स्टग्राममा पोष्ट पनि गर्छिन् । नदियाले आफ्नो चित्र समाजिक संजालमार्फत नै बिक्री भइरहेका जानकारी दिइन् ।
समाजिक संजालमा चित्रको मूल्य नतोएिका भए पनि नदियाले आफ्नो चित्रहरुले राम्रो मूल्य पाइरहेको दावी गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण