एटिएम लुट प्रकरण, भारतीय रिजर्भ बैंकको चासो
काठमाडौं - चिनियाँ नागरिकले नेपालका एटिएम बुथको स्विच ह्याक गरी रकम निकालेको घटनामा भारतीय रिजर्भ बैंकले पनि चासो व्यक्त गरेको छ।
उक्त बैंकले भारतीय प्रहरीमार्फत नेपाल प्रहरीसँग घटनाबारे जानकारी मागेको हो। केही दिनअघि भारतीय रिजर्भ बैंकको एटिएम बुथको स्विच ह्याक गरी पाँच करोड भारतीय रुपैयाँ निकालिएको थियो। सो घटनामा भारतीय प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा नेपालमा एटिएमबाट रकम लुट्दै गरेका चिनियाँ नागरिक पक्राउ परेका छन्।
भारतीय रिजर्भ बैंकले चासो देखाएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ। स्रोतका अनुसार भारतमा एटिएम बुथको स्विच ह्याक गर्ने कोही पनि पक्राउ परेको छैन। ‘भारतमा पनि यस्तै प्रकृतिको एटिएम ह्याक गरेका रहेछन्। उता पनि अनुसन्धान हुँदैरहेछ भारतीय प्रहरी र रिजर्भ बैंकले चासो राखेका छन्’, स्रोतले भन्यो। प्रहरीका अनुसार पक्राउ परेका चिनियाँ नागरिकको बयान लिने काम मंगलबारमात्रै सुरु हुनेछ। नागरिक दैनिकमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण