प्रधानमन्त्री ओलीद्वारा दोश्रोपटक सिंगापुरबाट मन्त्रीहरुसँग 'छलफल'
काठमाडौं– सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिप्रिजेन्स प्रविधिमार्फत दोश्रो पटक क्याविनेट सदस्यहरुसँग छलफल गरेका छन् ।
आज १ बजेर १० मिनेटदेखि प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग छलफल गरेका हुन् ।
छलफलका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो उपचारबारे जानकारी दिने र मन्त्रीहरुले आफ्नो कामका बारे प्रधानमन्त्रीलाई अपडेट गर्ने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छ ।
यसअघि पनि प्रधानमन्त्री ओलीले टेलिप्रिजेन्स प्रविधिमार्फत सिंगापुरबाटै मन्त्रिपरिषद् बैठक सञ्चालन गरेका थिए ।
त्यतिबेला विदेशबाट मन्त्रिपरिषद् बैठक गरेको भन्दै सरकारको चर्को आलोचना भएको थियो । साथै, बैठकको वैधानिकता, गोपनियता र साइबर सुरक्षाबारे पनि प्रश्न उठाइएको थियो ।
आलोचना भएपछि मन्त्रिपरिषद् बैठक आयोजनाको विषयमा प्रधानमन्त्री र सरकारकै प्रवक्ताको कुरा बाझिएको थियो । सञ्चारमन्त्री गोकुलप्रसाद बासकोटाले सो बैठक मन्त्रीपरिषद् बैठक नभएको बताए पनि प्रधानमन्त्री स्वयम्ले भने सिंगापुरबाट मन्त्रिपरिषद् बैठक सम्पन्न गरिएको जानकारी दिएका थिए ।
त्यही भएर यसपटक भने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारले मन्त्रीहरुसँग ‘छलफल’ भनेर उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
