चार दिनमै ‘शाहो’ ले कमायो ३ सय करोड भारु
मेगा बजेटमा बनेको ‘शाहो’ ले समालोचकहरुबाट खराब समीक्षा पाए पनि बक्स अफिसमा भने चलचित्रले धमाका मच्चाइरहेको छ । मात्र चार दिनमा ३ सय करोड भारुभन्दा बढी आम्दानी गरेको छ ।
व्यापार विश्लेषक त्रिनाथका अनुसार चलचित्रले बक्स अफिसमा अपेक्षा अनुसार प्रदर्शन गरिरहेको छ ।
‘चार दिनमा मात्र चलचित्रले विश्वभरबाट ३ सय करोड भारुभन्दा बढी आम्दानी गरेको छ । यद्यपि, चलचित्रको भविष्य अब मङ्गलबारको आम्दानीले निर्धारण गर्नेछ किनभने चलचित्रले राम्रो समीक्षा पाएको छैन,’ उनले भने ।
हिन्दी संस्करणबाट मात्र चलचित्रले १ सय करोड भारु कमाएको छ । त्यस्तै, चलचित्रले तामिल र तेलुगु भाषमा पनि राम्रो आम्दानी गरिरहेको छ ।
करिब ३५० करोड भारुमा निर्माण भएको भनिएको चलचित्रको अधिकांश सुटिङ दुबई र अबुधाबीमा गरिएको थियो ।
चलचित्रमा सुपरस्टार प्रभाससहित अरुण विजय, ज्याकी श्रौफ, निलनितिन मुकेश र मन्दिरा बेदीको भूमिका रहेको छ । यो चलचित्रबाट श्रद्धा कपुरले दक्षिणको चलचित्रमा डेब्यु गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण