एटिएम ह्याक प्रकरणः प्रहरीको बयानमा आज पनि गएनन् नेप्सका सिइओ
बुधबार, १८ भदौ २०७६, १७ : ४८
काठमाडौं– चिनियाँ ह्याकरहरुले नेपाल इलेक्ट्रोनिक पेमेन्टको सिस्टम (नेप्स) ह्याक गरी साढे तीन करोड चोरेको विषयमा अनुसन्धान गर्न नेप्सका सिइओ प्रविण क्षेत्रीलाई बयानका लागि बोलाए पनि विशेष कारण जनाउँदै क्षेत्री बयानमा गएनन् ।
महानगरीय प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीले रातोपाटीसँग कुरा गर्दै क्षेत्रीले बिशेष कारण देखाउँदै आज आउन नसकेको जानकारी दिए । क्षेत्रीलाई मंगबार (हिजो) पनि बयानका लागि बोलाइएको थियो तर उनी उपस्थित भएनन् । भोली बिहीबार १० बजे उपस्थित हुने जानकारी आएको डिएसपी बोगटीले जनाएका छन् ।
नेप्सले हाल १८ बैंक तथा वित्तिय संस्थाको कार्डको होस्टिङ र स्विचिङ सेवा प्रदान गर्दै आएको छ । बैंकरहरु यस घटनामा नेप्स जिम्मेवार रहेको बताउन थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण