युवराजकी आमाको चेतावनी, ‘ छोराको न्याय लागि सर्वोच्चको गेटमा अनसन बसेर प्राण त्याग्छु’
काठमाडौं – गत वर्ष रौतहटमा हत्या गरिएका १२ वर्षीय बालक युवराज कुमार साहका परिवारले सर्वोच्च अदालतले घट्नाका अभियुक्तलाई रिहा गर्ने फैसला गरेको भन्दै असन्तुष्टि जनाएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी परिवारले न्यायका लागि सरकार, आम नागरिक, सर्वोच्च अदालतलगायत सबैसँग अपिल गरेको छ ।
उनीहरुले दोषीमाथि कानुनअनुसार हदैसम्मको कारबाहीको माग गरे । पत्रकार सम्मेलनमा बालककी आमा बबिता देवीले छोराको हत्यारालाई कारबाही नभए आफू सर्वोच्च अदालतको गेटमा अनसन बसेर प्राण त्याग्ने चेतावनी दिइन् ।
छोराको हत्याराबारे स–प्रमाण अदालतमा कागजपत्र पुग्दा पनि दोषीलाई उन्मुक्ति दिन खोजिएको भन्दै न्यायका लागि जस्तोसुकै कदम चाल्न पनि आफू बाध्य हुने बिताइन् । उनले भनिन्–‘मेरो छोरा युवराजले न्याय नपाए म सर्वोच्च अदालतको गेटमा अनसन बसेर प्राण त्याग्छु ।’
छोराको हत्यारामाथि कारबाही नभएसम्म आफू चुप नलाग्ने पनि उनले बताइन् । उनले भनिन्–‘एउटी आमाको काखबाट १२ वर्षको छोरालाई खोसेर लगी हत्या गरिँदा हत्यारालाई किन छाडियो ?’ उनले आमाको आँशुले हत्यारालाई मात्र नभई हत्यारालाई प्रश्रय दिनेलाई समेत पोल्ने बताइन् ।
उनले भनिन्–‘मेरो छोराले न्याय नपाए उसको आत्माले शान्ति पाउनेछैन ।’ अदालतले पनि गल्ती गर्न सक्ने भन्दै उनले तत्काल सच्याउन माग गरिन् । न्यायनिसाफका लागि आफूहरु एक वर्षभन्दा बढी समयदेखि भौतारिँदै आएको पनि उनको गुनासो छ ।
दिलिप कुमार साहको १२ वर्षीय छोरा युवराजकुमार साहलाई २०७५ जेष्ठ २६ मा रौतहटको कटहरिया ९ स्थित घरबाट अपहरण गरी एक करोड फिरौती मागी भोलिपल्ट विभत्स हत्या गरिएको थियो । घट्नामा १७ जना दोषी पाइएकामा १२ जना पक्राउ परेका थिए भने पाँच जना हालसम्म फरार छन् ।
पत्रकार सम्मेलनमा युवराजका बुवा दिलिपकुमार साहले घट्नाको प्रकृति, ‘कल–डिटेल, अभियुक्तहरुको बयानलगायतका प्रमाणका आधारमा अभियुक्तहरुविरुद्ध सरकारले मुद्दा दायर गरेकोमा जिल्ला अदालत रौतहटले सबै अभियुक्तलाई दोषी ठहर गरेको, विशेष अदालतले चार जनालाई धरौटीमा रिहा गर्ने फैसला गरेको र सर्वोच्च अदालतले चार जनालाई छाड्ने फैसला सदर गरी थप दुई जनालाई रिहा गर्ने फैसला गरेको भन्दै असन्तुष्टि जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कागजी प्रमाणकै भरमा मात्र धेरैले कैद जीवन बिताइरहेका छन्: मुख्यमन्त्री यादव
-
१०० दिनमा हेलो सरकारमा आउने उजुरी ६०० प्रतिशतले बढ्यो
-
बुटवलको इतिहास समेटिएको पुस्तक ‘मणिमुकुन्द सेन र उजिरसिंह थापा’ सार्वजनिक
-
‘परीक्षाको नतिजा समयमै प्रकाशन गर्नु मेरो पहिलो प्राथमिकता हो’
-
देवदहमा बस र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते
-
१३ वर्षीया बालिकामाथि जबर्जस्तीकरणी गरेको आरोपमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण