बेलायती प्रधानमन्त्री जोनसनलाई झड्का, भाइले दिए सांसद र मन्त्रीबाट राजीनामा
लण्डन-बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनका भाईले मन्त्री तथा सांसद दुवै पदबाट राजिनामा दिएका छन् । व्यापारमन्त्री बनेका बोरिसका भाई जो जोनसनले बिहीबार मन्त्री र सांसद पद त्यागेको घोषणा गरेका हुन् ।
राष्ट्रको स्वार्थका लागि आफूले पारिवारिक सम्वन्धलाई समेत बचाईराख्न नसकेको उनले बताए । सामाजिक सञ्जालमार्फत् सन्देश दिँदै जोले भनेका छन्, “पछिल्ला केही हप्ता पारिवारिक सम्वन्ध र राष्ट्रिय स्वार्थको दुई छुट्टा छुट्टै बाध्यताबाट चेपिएको थिएँ ।”
“यो दोधारलाई समाधान गर्न धेरै प्रयास गर्दा पनि नसकेपछि मैले राष्ट्रिय स्वार्थको पक्षमा उभिएर राजिनामा दिएको हुँ,” उनले भने । उनले देशको सेवा गर्नका लागि आफु ओर्पिङटनका जनताको इमान्दार प्रतिनिधिका रूपमा संसदमा रहेको र तीन प्रधानमन्त्रीको मातहतमा रहेर मन्त्रीका रूपमा काम गरेको बताए ।
बेलायतको पत्रिका डेली मेलले प्रधानमन्त्री जोनसोनले देशको हितमा काम नगरेको निश्कर्षसहित मन्त्री जोनसनले राजिनामा दिएको उल्लेख गरेको छ । पद त्याग गर्ने मन्त्री जोनसनको निर्णयले धेरैलाई आश्चर्य चकित बनाएको समाचारमा उल्लेख गरिएको छ ।
सरकारका एक जना प्रवक्ताले भने प्रधानमन्त्रीले जो जोनसनको सेवाका बारेमा विचार गर्ने बताए । उनले मन्त्री जोनसनलाई प्रतिभाशाली, बौद्धिक र गज्जबको मान्छे भएको प्रधानमन्त्रीको भनाई रहेको उल्लेख गरे । -एएफपी/photo:CNN
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण