माछापोखरीबाट २ वटा पेस्तोलसहित ७ जना पक्राउ
शनिबार, २१ भदौ २०७६, १६ : ५५
काठमाडौं । प्रहरीले गुण्डागर्दीमा संलग्न भन्दै ७ जनालाई २ वटा पेस्तोलसहित पक्राउ गरेको छ ।
शनिबार अपरान्ह ४ः३० बजे माछापोखरीबाट २ वटा पेस्तोल र ४ राउण्ड गोलीसहित उनीहरुलाई काठमाडौ प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले गुण्डागर्दीमा संलग्न ७ जनालाई २ वटा पेस्तोल र ४ राउण्ड गोलीसहित पक्राउ गरेको पुष्टि गरे ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आइतबार काठमाडौं प्रहरीले पक्राउ परेकाहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासले बन्धक रिहा गरेको भोलिपल्टै युद्धविराम सम्भव छ : राष्ट्रपति बाइडेन
-
करीनाको पुस्तकलाई अदालतको लिगल नोटिस
-
कोलकाता नाइट राइडर्स बन्यो आईपीएलको प्लेअफ पुग्ने पहिलो टोली
-
संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको स्थलगत अनुगमन, के छ अवस्था ?
-
५१ औँ दिनमा ‘महाजात्रा’
-
फिल्म ‘बाटो : रोड टु डेथ’ जेठ ३२ मा प्रदर्शन हुने