'शेष घलेको भिजन २०२० को एजेण्डा नै एनआरएनको अबको मुद्दा'
काठमाडौं– गैरआवासीय नेपाली संघ( एनआरएन) का उपाध्यक्ष तथा आगामी कार्यकालको अध्यक्षका प्रत्यासी कुमार पन्तले पूर्व अध्यक्ष शेष घलेको भिजन २०२० एण्ड बियोन्डको एजेण्डा नै अबको एनआरएनको मुद्दा हुने बताएका छन् ।
‘कतिपय साथीहरुले मलाई अब एनआरएनको मुद्दा के हुन्छ भन्नुहुन्छ ? मेरो वा अरु साथीको मुद्दा भन्ने केही छैन, भिजन २०२० नै अबको मुद्दा हो’ एनआरएन युकेको नवौं अधिवेशनलाई शनिबार सम्बोधन गर्दै पन्तले भने, ‘ भिजन २०२० मा सबै विषय समेटिएका छन् । त्यसैलाई कार्यान्वयन गरेर अघि बढिनुपर्छ ।’
मध्यपूर्व, एसिया प्यासिफिक, युरोप अमेरिकालगायतका क्षेत्रमा ठाउँअनुसार फरक फरक चासो र एजेण्डा रहेका भएपनि ती सबै विषयलाई भिजन २०२० ले नै सम्बोधन गर्न सक्ने पन्तको दाबी छ।
पन्तले एनआरएनको सदस्यता वापत चउठाइँदै आएको शुल्कबारे सोच्नेबोला आएको पनि बताए । एनआरएन सदस्यता शुल्क नलिएको खण्डमा संस्थामा थप सहभागिता बढाउन सकिने विचार व्यक्त गर्दै पन्तले यसका लागि आफूले पहल गर्ने बताए ।
अर्को प्रशंगमा पन्तले एनआरआरएनको जन्मनै बेलायतबाट भएको स्मरण गर्दै यहाँको गतिविधि महत्वपूर्ण हुने धारणा राखे ।

यस्तै एनआरएनका पूर्व अध्यक्ष शेष घलेले एनआरएनको गतिविधिलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने र यसका लागि पर्याप्त छलफल तथा बहस आवश्यक रहेको बताए ।
अधिवेशनमा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, एनआरएन उपाध्यक्ष कुल आचार्य, सल्लाहकार डा हेमराज शर्मा, युरोप संयोजक शिवकुमार बरुवाल, केन्द्रीय सदस्य रामशरण सिंखडालगायतको सहभागिता रहेको थियो ।
अधिवेशन शनिबार गरिएपनि चुनावी कार्यक्रम भने अबको एक सातापछि अर्थात सेप्टेम्बर १४ मा हुनेछ।
नेतृत्वका लागि पुनम गुरुङ र शेरबहादुर सुनारको टीम प्रतिस्पर्धामा रहेको छ ।
आईसीसीमा सबैभन्दा बढी सदस्य रहेको एनआरएन बेलायतको यो अधिवेशनलाई एनआरएनभित्र चासोको रुपमा हेरिएको छ । एनआरएन बेलायतमा १३ हजार ५६२ सदस्य रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण