थारु कल्याणकारिणी सभाद्वारा बन्दी रिहाइको माग
ललितपुर । थारु कल्याणकारिणी सभाले २०७२ भदौ ७ गते भएको थारुवान आन्दोलन राजनैतिक आन्दोलन भएको भन्दै सो क्रममा गिरफ्तार भएका नेता तथा कार्यकर्ताहरुलाई अबिलम्ब रिहाईको माग गरेको छ ।
सभाले घटना राजनैतिक भएकाले समाधान राजनैतिक सहमतिका आधारमा खोजिनुपर्ने पनि माग गरेको छ । आइतवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डलाई निवास खुमल्टारमा भेटी सभाका अध्यक्ष धनीराम चौधरी सहितको प्रतिनिधिमण्डलले ज्ञापनपत्र बुझाएको थियो ।
ज्ञापनपत्रमा राज्यका हरेक अंग, तह तप्कामा संवैधानिक व्यवस्था अनुसार समानुपातिक समावेशी प्रतिनिधित्वको कार्यान्वयन गर्न र लोकसेवा आयोगको प्रकाशित विज्ञापन अविलम्ब खारेजीको माग पनि गरिएको छ ।
अध्यक्ष प्रचण्डले थारुहरुको माग प्रति आफू सकारात्मक भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरी समाधानको लागि पहल गर्ने बताए ।
उनले नेपालको राजनीतिक परिवर्तनमा आदिवासी जनजातिहरुको अभूतपूर्व योगदान रहेको भन्दै ती समुदायको हित र अधिकार बिना प्राप्त उपलब्धी संस्थागत नहुने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
-
विकास बाहिरबाट आयात गर्ने विषय होइन, नेपालको आफ्नै मोडल चाहिन्छ : शाही
-
मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण