आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

यातायात समितिको रोक्का रहेको खाता फुकुवा गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन

सोमबार, २३ भदौ २०७६, १७ : ४९
सोमबार, २३ भदौ २०७६

काठमाडौं–विभिन्न यातायात समिति तथा यातायात व्यवसायी संघको रोक्का रहेको खाता फुकुवा गरी रुपान्तरित कम्पनीमा सार्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । 

ती समिति तथा संघ कम्पनीमा दर्ता भएको  अवस्थामा रोक्का रहेको सम्पत्ति रुपान्तरित कम्पनीको खातामा सार्ने व्यवस्था मिलाउन केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । 

अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले गत वैशाख २३ गते ती समिति तथा संघको चल अचल सम्पत्तिको खाता रोक्का गरिदिन नेपाल राष्ट्र बैंकलाई भनेको थियो । 

यसले प्रदेश १ को ३२ वटा, प्रदेश २ को १० वटा, प्रदेश ३ को ११८ वटा, प्रदेश ४ को २४ वटा, प्रदेश ५  को ४० वटा, प्रदेश ६ को १२ वटा र प्रदेश ७ को ९ वटा विभिन्न यातायात व्यवसायी संघ र समितिको नाममा रहेको खाता रोक्का भएको थियो । 

नेपाल सरकारको साउन १६ गतेको निर्णय अनुसार  अर्थमन्त्रालय वित्तिय क्षेत्र व्यवस्थापन तथा सँस्थान समन्वय महाशाखाले  भदौ १२ मा रोक्का रहेको खाता रुपान्तरित कम्पनीमा सार्ने व्यवस्था मिलाई दिन पुनः पत्राचार गरेपछि राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई सोही बमोजिम गराउन निर्देशन दिएको हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप