आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

फर्निचर एक्स्पोको तयारी पुरा, उपराष्ट्रपतिले उद्घाटन गर्ने

सोमबार, २३ भदौ २०७६, १८ : ५३
सोमबार, २३ भदौ २०७६

काठमाडौं– फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) को सबै तयारी पुरा भएको छ ।

फर्नेक्सको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका अनुसार एक्स्पोको सबै तयारी पुरा भएको छ । संघका महासचिव तथा सूचना अधिकारी ओम बस्नेतका अनुसार यही बुधबार उपराष्ट्रपति नन्दकिशोर पुनले एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जानकारी दिएको छ । 

‘उपराष्ट्रपति ज्यूले बुधबार दिउँसो १ बजे एक्स्पोको उद्घाटन गर्ने निश्चित भएको छ । सोही अनुसार हामीले एक्स्पोको सबै तयारी पुरा गरेका छौं । विगत वर्षहरुमा जस्तै यस पटक पनि अवलोकनकर्ताको उल्लेख्य सहभागिता हुने हाम्रो अपेक्षा छ ।’ बस्नेतले भने । 

सातौं संस्करणको फर्नेक्स २०१९ राजधानीको भृकुटीमण्डपमा भदौ २५ गते बुधबारदेखि २९ गतेसम्म आयोजना हुँदैछ । एक्स्पोको व्यवस्थापक इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले एक्स्पोको सबै तयारी पुरा भएको बताए । 

‘विगत वर्षको तुलनामा अझै परिस्कृत रुपमा एक्स्पोको तयारी गरिएको छ । १ सय २० भन्दा बढी प्रदर्शकले एक्स्पोमा सहभागिता जनाउँदै छन् ।’ प्रधानले भने ।

फर्नेक्स २०१९ को शिर्ष प्रायोजक जेम फ्लोरिङले गरेको छ भने मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इण्डष्ट्रिज, हाइटेक्स कार्पेट, जेन्शा कार्पेट र हलेसी डेकोर रहेका छन् । एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको सपोर्ट छ । 

त्यसैगरी यस एक्सपोलाई नेपाल हस्तकला महासंघ र नेपाल इन्टेरियर डिजाइनर एशोसीएसनको पनि सपोर्ट छ । एक्स्पोको बीमा पार्टनर एभरेष्ट इन्स्योरेन्स रहेको छ । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकको भनाई छ । 

यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने छ । फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा एक्स्पोको आयोजना हुँदै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप