मन्त्र ब्यान्डको टिम चढेको गाडी दुर्घटना
सोमबार, २३ भदौ २०७६, १९ : ४९
पोखरा– मन्त्र ब्यान्डका सदस्य चढेको गाडीको ब्रेक फेल भएको छ । गाडीको ब्रेक फेल हुँदा ब्यान्डका ४ सदस्य घाइते भएका छन् । पोखरा १८ सराङकोटबाट झर्दै गर्दा गाडिको ब्रेक फेल भएको थियो । गाडीको ब्रेक फेल भएर भित्तामा ठोक्किन पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
दुर्घटनाबाट गाडिको अगाडिको भाग कुच्चिएको छ । ब्यान्डका सदस्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ‘त्यस्तो आत्तिन पर्ने गम्भीर केही छैन’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले भने, ‘सबैको अवस्था सामान्य नै छ । गाडीको ब्रेक फेल भएर भित्तामा ठोक्किन पुगेको रहेछ ।’
मन्त्र ब्यान्ड दार्जिलिङबाट सुरु भएको ब्यान्ड हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण