पैतृक सम्पत्तिमा कर लगाए गम्भिर सामाजिक चुनौति निम्तिनेछः विनोद चौधरी
काठमाडौं– उद्योगी एवं सांसद विनोद चौधरीले पैतृक सम्पत्तिमा कर लगाएमा गम्भिर सामाजिक चुनौति निम्तिने बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले अहिले संचारमाध्यममा पैतृक सम्पत्तिमा कर लगाउने विषय वाहिर आएको तर यो हल्ला मात्रै होला कि भन्ने लागेको बताए । उनले यदी कर कार्यान्वयनमा ल्याइयो भने गम्भिर विकृति निम्त्याउने निश्चित भएको र यसले सामाजिक चुनौति पनि जन्माउने बताए ।
आफ्ना परिवारका सदस्यलाई सम्पत्ति दिँदा कर लाग्ने भएमा पारिवारीक सम्वन्धमा नै विकृति आउने बताए ।
चौधरीले नेपाल करको दृष्टिकोणबाट विश्वकै जिडिपीको तुलनामा सबैभन्दा बढी ३० प्रतिशत कर लाग्ने मुलुकमा चित्रण भएको र यसले लगानी समेत निरुत्साहित भएको बताए । करलाई उत्पादनसँग जोड्न नसके मुलुकले तय गरेको योजना कागजमा सीमित हुने सांसद चौधरीको भनाई छ ।
चौधरीले धान्नै नसकिने करले उद्योग क्षेत्र संकटमा परेको बताउँदै नयाँ कर पुनरावलोकन गर्न पनि आग्रह गरे ।
अर्थमन्त्रीज्यूलाई पैसा पुर्याउनका लागि नयाँ नयाँ प्रविधि र कर लगाउनुपर्ने बाध्यता भएको बताउँदै उनले करलाई उत्पादनसँग जोड्न सकिएन भने दुई ठूला देशको विचमा हाम्रो योजना कागजमा सिमित हुने बताए ।
सातै प्रदेशका उद्योगधन्दा खोल्ने भने पनि अहिलेसम्म खुल्न नसकेको बताए । निर्यात बढाउन उद्योगीहरु लागीपरे पनि सरकारको साथ नपाएको उनले बताए । ५ वर्षको अवधि हेर्ने हो भने निर्यात घट्दै गएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण