नानीहरूलाई हामीले कुनै कुरा जसरी सिकाइ गरिरहेका छौँ, त्यो देख्ता घरिघरि त यस्तो लाग्छ, उनीहरूलाई पराधीन बनाइरहेका छौँ । उनीहरूको मौलिक स्वतन्त्रता छिनिरहेका छौँ । शिक्षाले र ज्ञानले उनीहरूलाई स्वतन्त्र...